birat ribon

बायर्नका स्टार खेलाडी रोबेनद्वारा सन्यासको घोषणा

Neuro
बायर्नका स्टार खेलाडी रोबेनद्वारा सन्यासको घोषणा

एजेन्सी,
जर्मन क्लब बायर्न म्युनिखका विंगर आर्जेन रोबेनले सन्यासको घोषणा गरेका छन् । चेल्सीका पूर्वखेलाडीसमेत रहेका डच विंगर रोबेनले ३५ वर्षको उमेरमा व्यवसायीक फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

cura insider

चोटका कारण समस्यामा रहेका रोबेनले आफ्नो बायर्नसँगको सम्झौता सकिनुअगावै व्यवसायीक फुटबलबाट सन्यास लिएका हुन् । बायर्नसँग उनको सम्झौता जुन महिनासम्म छ । रोबेनले स्पेनिस महारथी क्लब रियल मड्रिडका साथै पीएसभी र चेल्सीबाट व्यवसायीक फुटबल खेलेका छन् ।

प्रत्येक क्लबबाट ट्रफी जित्न सफल उनले बायर्नलाई बुण्डेसलिगा र चेल्सीलाई प्रिमियर लिगको उपाधि दिलाएका छन् । स्पेन गएर रियल मड्रिडलाई ला लिगाको उपाधि जिताएका उनले सन् २०१३ मा बायर्न म्युनिखबाट च्याम्पियन्स लिगको उपाधि पनि जितेका छन् ।

बायर्नलाई च्याम्पियन्स लिगको उपाधि जिताउँदा युइएफए म्यान अफ दि म्याचसमेत भएका उनले आफ्नो व्यवसायीक करिअर भने १९ वर्षअघि डच क्लब एफसी ग्रोनिंगेनबाट सुरु गरेका थिए । यसैगरी उनले नेदरल्याण्डसलाई फिफा विश्वकपको फाइनलसम्म पुर्याएका छन् । रोबेनले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपसम्म पुर्याए । तर, स्पेनसँग हारेपछि उनी विश्वकपको उपाधिबाट बिमुख भएका थिए ।

jackson ribon