birat ribon

‘स्ट्रेच मार्क्स’ आएर हैरान हुनुहुन्छ ? हटाउने उपायहरू यस्ता छन्

Neuro
‘स्ट्रेच मार्क्स’ आएर हैरान हुनुहुन्छ ? हटाउने उपायहरू यस्ता छन्

शरीरको मासु तन्किएर पछि खुम्चिएको खण्डमा हाम्रो शरीरमा एक प्रकारको दाग देखा पर्छ । उक्त देखापरेको दागलाई स्ट्रेच मार्क्स भन्ने गरिन्छ । स्ट्रेच मार्क्स धेरै जसो महिलाहरुमा देखा पर्ने सामान्य समस्या बनेको छ । सुन्दरतामा बाधा आउने भएको कारण महिलाहरु यस बारेमा निकै चिन्तित हुने गर्छन् । मोटो शरीर एक्कासी दुब्लाएको खण्डमा, गर्भवती भएर बच्चा जन्मिसके पछि वा शरीरको कुनै पनि भागको मासु खुम्चेमा स्ट्रेच मार्क्स बन्ने गरिन्छ ।

cura insider

शरीरको विभिन्न भागमा आउने स्ट्रेच मार्क्सका कारण महिलाहरुको आत्म विश्वासमा समेत कमि आउन थालेको देखिन्छ । धेरै जसो महिलाहरुले यसबाट छुटकारा पाउन विभिन्न महँगो क्रिमहरुको प्रयोग तथा अन्य उपचार विधि अपनाइ रहेको हुन्छन । तर, त्यसबाट राम्रो नतिजा नआउदा अझ बढि समस्या हुने देखिन्छ ।

हामीलाई कुनै पनि समस्याले पिरोली रहेको छ भने सबैभन्दा पहिले आफ्नो डाइटमा ध्यान राख्ने गर्नु पर्छ । स्ट्रेच मार्क्स हटाउनका लागि खानामा हामीले हाम्रो दैनिक खानामा भिटामिन ’ए’, भिटामिन ’सी’, भिटामिन ’इ’ र भिटामिन ’के’ युक्त सामग्रीहरुलाई समावेश गर्न सुरु गर्नु पर्छ । भिटामिन ’ए’ पाइने विभिन्न तरकारी, गाजर, माछा, एप्रीकोट र बेल आदिले हाम्रो शरीरको मृत छालाको कोषलाई मर्मत गर्ने काम गर्दछ ।

भिटामिन ’सी’ले छालामा कलेजन उत्पादन गर्ने काम गरेर छालालाई नयाँ बनाउन मद्दत गर्छ । यसले हाम्रो छालालाई नरम र चम्किलो पनि बनाउछ । भिटामिन ’सी’ का लागि हामीले कागती, अमला, सुन्तला, अंगूर, भोगटे आदिको सेवन गर्नुपर्छ । त्यस्तै भिटामिन ’ई’ लाई सौन्दर्यको भिटामित पनि भन्ने गरिन्छ । भिटामिन’ ई’ को प्रयोगले हाम्रो डेड स्किन सेल्सलाई मर्मत गर्ने काममा सहयोग पुर्याउछ ।

हामीले हाम्रो डाइटमा एभोकाडो, बादाम, पालुगोंलाई समावेश गर्नु पर्छ । यसका साथै आफ्नो छालामा भिटामिन ’ई’ युक्त बडी लोशन वा स्ट्रेच मार्क्स भएको ठाउँमा राति सुत्ने समय भिटामिन ’ई’ को क्याप्सूल लगाएर सुतेमा केहि दिनमै राम्रो नतिजा देखा पर्न सक्छ । भिटामिन ’के’ ले स्ट्रेच मार्क्सका साथै डार्क सर्कललाई पनि कम गर्न मद्दत गर्छ । हामीले भिटामिन ’के’ का लागि हाम्रो डाइटमा स्प्राउट्स, बन्धा, स्प्रिंग अनियन आदि खानेकुरालाई समावेश गर्नु पर्छ ।

jackson ribon