birat ribon

डी जोङले भने– ‘मेस्सीसँग खेल्न पाउनु भाग्य हो’

Neuro
डी जोङले भने– ‘मेस्सीसँग खेल्न पाउनु भाग्य हो’

एजेन्सी,
स्पेनिस महारथी क्लब बार्सिलोनाले नयाँ खेलाडी क्लबमा भित्र्याएको छ । बार्सिलोनाले डच क्लब आयाक्सका मिडफिल्डर फ्रांक डी जोङलाई शुक्रबार आधिकारिक रूपमा क्लबमा भित्रएको हो ।

cura insider

बार्सिलोनामा अनुबन्ध भएका डी जोङले अर्जेन्टिनी स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग खेल्न पाउनु आफ्नो भाग्य रहेको बताएका छन् । पाँच वर्षका लागि बार्सिलोनासँग सम्झौता गरेका नेदरल्याण्डका खेलाडी डी जोङले मेस्सी आफ्नो ‘आइडल’ रहेको उल्लेख गर्दै उनीसँग खेल्न पाउनु भाग्य रहेको बताएका हुन् ।

यसैगरी उनले आफूले सानैदेखि मेस्सीलाई पछ्याउँदै आएको र अब उनकै साथमा खेल्न पाउँदा साह्रै भाग्यमानी महसूस भएको बताए । ‘म मेस्सीसँग खेल्न पाउँदा एकदमै खुशी छु,’ उनले भनेका छन्, ‘म सधैँ मेस्सीलाई फलो गर्ने मान्छे हुँ । अब मेरो ‘आइडल नै मेरो टिममेट भएका छन् । म बार्सिलोनामा रहेर एउटा महान् डच खेलाडी बन्न चाहान्छु ।’

jackson ribon