birat ribon

स्वतन्त्रता दिवसमा अक्षयको ‘मिसन मंगल’ र प्रभासको ‘साहो’ भिड्दै

Neuro
स्वतन्त्रता दिवसमा अक्षयको ‘मिसन मंगल’ र प्रभासको ‘साहो’ भिड्दै

विराटनगर,
अगस्त १५ तारिख स्वतन्त्रता दिवसको अवसर पारेर बलिउडका चर्चित अभिनेता अक्षय कुमारको मुख्य भूमिका भएको नयाँ फिल्म ‘मिशन मंगल’ र बाहुबलीबाट चिनिएका अभिनेता प्रभासको मुख्य भूमिका रहेको चलचित्र ’साहो’ मा प्रदर्शनमा आउने तय भएसंगै एक आपसमा भिड्ने तय भएको छ । दुई ठुला फिल्म प्रदर्शनमा आउन लाग्दा निर्माण टिमले फिल्मको रिलिज मिती सार्ने गरेको देखिन्छ ।

cura insider

तर, भारतीय मिडियाका अनुसार अक्षयले आफ्नो यो फिल्म ’साहो’ संग भिडे पनि आफ्नो रिलिज मिती नसार्ने पक्का भएको छ । मंगल ग्रहमा पुग्ने मिशन राखेको टिमको कथामा आधारित रहेको छ र यो मिशन ५ वर्ष अगाडी नोभेम्बत ५ को दिन सन् २०१३ मा लन्च गरिएको थियो ।

जगन शक्तिले निर्देशन गरेको यस फिल्ममा अक्षयका साथ अभिनेता शर्मन जोशी, अभिनेत्री विधा बालन, सोनाक्षी सिन्हा , ताप्सी पन्नु , निथिया मेनन लगायतका कलाकारहरुको अभिनय रहने भएको छ ।

निर्देशक सुजितको निर्देशनमा तयार भएको फिल्म ’साहो’मा प्रभास र अभिनेत्री श्रद्धा कपुरका साथ मन्दिरा बेदी, चंकी पाण्डे, नील नितिन मुकेश, महेश मान्जरेकर, मुरली शर्मा र अरुण विजय लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

फिल्ममा नील नितिन मुकेश भिलेनको रोलमा छन् । करिव ३०० करोड भारूको लगानीमा निर्माण हुने भएको यस सिनेमालाई हिन्दी, तमिल तथा तेलेगुमा छायाँकन गरिएको छ भने फिल्म तेलुगू, तमिल र हिन्दीमा रिलिज हुने भएको छ ।

दर्शकहरु यी दुई फिल्मको लागि निकै उत्साहित रहेका छन् । अब भने, अगस्त १५ पछि मात्र कुन फिल्मले बक्स अफिसमा एक अर्कालाई कति टक्कर दिरहेको कुरा थाहा हुने भएको छ ।

jackson ribon