birat ribon

‘नेयमार मात्र होइन ग्रिजम्यान पनि बार्सिलोना आउँछन्’

Neuro
‘नेयमार मात्र होइन ग्रिजम्यान पनि बार्सिलोना आउँछन्’

एजेन्सी,
बार्सिलोनाका मिडफिल्डर राफेल अल्कान्टारा ‘राफिन्हा’ले ब्राजिलियन स्टार खेलाडी नेयमार बार्सिलोना फर्कनेमा विश्वस्त रहेका छन् । कप्तान लियोनल मेस्सी र लुइस स्वारेजसँग राम्रो सम्बन्ध रहेका नेयमार क्याप नोउ फर्कने राफिन्हाको भनाइ छ ।

cura insider

२७ वर्षीय नेयमार पछिल्लो समय बार्सिलोनासँग जोडिएका छन् । सन् २०१७ मा स्पेनबाट कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन गएका उनी पुनः बार्सिलोना फर्कने कुरा चर्चाको शिखरमा छ । नेयमार मात्र नभएर नेयमार बार्सिलोना फर्काउन उनको बुबा पनि लागिपरेको बताइएको छ ।

पीएसजीबाट ५१ गोल गरेका उनले दुईपटक घरेलु लिग वानको उपादि दिलाउनुका साथै कप डी फ्रान्स र कप डी लिगको उपाधि समान एक–एक पटक जिताएका छन् । नेयमारका टिममेटसहित रहेका ब्राजिलियन खेलाडी राफिन्हाले नेयमार पुनः बार्सिलोना फर्किनेमा आफू ढुक्क रहेको बताएका हुन् ।

‘म आशा गर्छु नेयमार फर्किनेछन्,’ स्पेनिस मिडियासँगको कुराकानीमा राफिन्हाले भनेका छन्, ‘उनी एक महान् खेलाडी हुन्, उनी बार्सिलोना फर्किए राम्रो हुनेछ । मैले मेस्सी, नेयमार र स्वारेजको जस्तो मेल कहिल्यै पनि देखेको छैन । उनीहरू जादूगर हुन् । र, म आशा गर्छु, इन्टोइन ग्रिजम्यान पनि बार्सिलोना आउनेछन् ।’

हालै मात्र एथ्लेटिको मड्रिडबाट बिदा भएका ग्रिजम्यान पनि बार्सिलोना आउने चर्चा छ । राफिन्हाले दुवै जना क्याप नोउ आउनेमा आफू आशावादी भएको उल्लेख गरेका छन् । नेयमार, मेस्सी, ग्रिजम्यान र स्वारेज जस्ता खेलाडी भएमा आफूहरूलाई ट्रफीको बर्सात् हुने उनको भनाइ छ ।

jackson ribon