birat ribon

‘साहो’ का कारण ‘हजार जुनीसम्म’को रिलिज मिती सर्‍यो, अब ‘जाइरा’ सँग भिड्ने

Neuro
‘साहो’ का कारण ‘हजार जुनीसम्म’को रिलिज मिती सर्‍यो, अब ‘जाइरा’ सँग भिड्ने

काठमाडौं,
निर्देशक विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘हजार जुनी सम्म’को प्रदर्शन मिती एक साता पछाडी सरेको छ । साउन ३० गतेलाई प्रदर्शन मिती तय गरेको यस चलचित्रले अब अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘जाइरा’संग भिड्दै भदौ ६ गते बाट प्रदर्शनमा आउने भएको छ ।

cura insider

फिल्मको निर्माण टिमले विभिन्न प्राभीधिक कारण देखाएपनि साउन ३० मा रिलिज हुन लागेको बहुबाली अभिनेता प्रभासको बलिउड चलचित्र ‘साहो’को कारणले ‘हजार जुनी सम्म’लाई एक साता पछि सारिएको बुझ्न सकिन्छ । यो चलचित्रले एक साता पछाडी सर्दै भदौ ६ मा प्रदर्शन हुने भयो भने अब बक्स अफिसमा‘जाइरा’सँग भिडन्त हुने पक्का भएको छ ।

फिल्म ‘हजार जुनी सम्म’को कथा विशाल चाम्लिङ्गले लेखेका हुन् भने निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् । चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, शिवहरि पौडेल, अनुभव रेग्मी र अखिलेष प्रधान लगायत कलाकारहरुको अभिनय रहेको छ ।

त्यस्तै, आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको मार्सल आर्टिस्टको बदलाको कथामा आधारित फिल्म ‘जाइरा’मा नम्रता र अनुप बिक्रमका साथ प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, नव(कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर लगायत कलाकारहरुको अभिनय रहेको छ । महिला प्रधान एक्शन फिल्मलाई कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्स प्रा.लि.को प्रस्तुतिमा यो फिल्म निर्माण भएको हो ।

पर्दामा निकै रुचाइएको रोमान्टिक जोडी आर्यन र नम्रताको पहिलो पटक बक्सअफिसमा भिडन्त हुने भएको छ । दुईले ’क्लासिक’, ’नोभेम्बर रेन’, ’मेरो एउटा साथी छ’ फिल्ममा संगै काम गरेका थिए । अब यो मितिमा दुई ठूला नेपाली फिल्मको गजबकै भिडन्त हुने देखिन्छ ।

jackson ribon