birat ribon

रितले शतक प्रहार गरेपछि नेपालद्वारा सिंगापुरलाई फराकिलो लक्ष्य

Neuro
रितले शतक प्रहार गरेपछि नेपालद्वारा सिंगापुरलाई फराकिलो लक्ष्य

विराटनगर,
मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट नेपालले सिंगापुरविरुद्ध खेलिरहेको छ । जारी प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ३ सय २७ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।

cura insider

मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको सो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय २६ रन बनायो । नेपालका लागि रित गौतमले शतकीय इनिङ्स खेले । उनले नटआउट १ सय १५ रन बनाए ।

यसैगरी खडक बोहोराले ९० रन बनाउँदा कुशल मल्लले नटआउट ५१ रन तथा पवन सर्राफले ४५ रन जोडे ।

साबिकको विजेतासमेत रहेको नेपाल यसअघि नै चीनलाई हराउँदै एक खेलअगाडि नै सेमिफाइनल पुगिसकेको छ । आजको खेलमा सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता बन्ने दाउमा छ ।

jackson ribon