fbpx

यस्तो बन्यो नेपाल आइडलका सुमित पाठकको ‘समाचार’ (भिडियोसहित)

विराटनगर,
सुमित पाठकले आफ्नो पहिलो गीत ‘समाचार’ सार्वजनिक गरेका छन् । नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल उनले आफ्नो गीत ‘समाचार’लाई जी २१ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

विभिन्न कभर गीतहरू गाइसकेका सुमितको भने यो पहिलो गीतको म्युजिक भिडियो रहेको छ । कालिप्रसाद बास्कोटाको शब्द तथा सङ्गीत रहेको यस गीतको भिडियोमा सुमितका साथ शिक्षा सङ्ग्रौलाको प्रस्तुति रहेको छ ।

असीम शाह कृएटिभ डिरेक्टर रहेको यस गीतको भिडियोलाई लोकेश बज्राचार्यको निर्देशनमा तयार गरिएको छ । सुमितले यसअघि ‘अमेरिकन ब्वाइज’ नामक नेपाली चलचित्रमा ’आमा’ बोलको गीत गाइसकेका छन् ।

सार्वजनिक गीतले दर्शकहरुलाई निकै भावुक बनाउने छ । जी २१ डिजिटलको प्रस्तुति यस गीतसँगै सुमितले अबको एक वर्षको लागि यसै कम्पनीमा आवद्ध भएर विभिन्न गीतहरु सावजनिक गर्ने भएका छन् । एउटा स्थापित कम्पनी भएको र आफूलाई पनि भविष्यमा राम्रो गाइडेन्स मिल्ने भएको कारण राम्रो काम गर्न सहज हुने भएकाले जी २१ आवद्ध भएको सुमितले बताएका छन् ।

Loading...