fbpx

दक्षिणी क्यालिफोर्नियामा दुई दशक यताकै शक्तिशाली भूकम्प

लस एन्जल्स
अमेरिकाको स्वतन्त्रता दिवसको दिन मा नै दशक यताकै शक्तिशाली भूकम्प गएको छ । लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै ६.४ म्याग्निच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ ।

भूकम्पका कारण कुनै मानविय क्षतिको विवरण भने आएको छैन तर भौतिक क्षति भने भएको समाचारमा जनाइएको छ । समाचारमा उलल्ेख भएअनुसार भूकम्पका कारण नगरका विभिन्न ठाउँमा आगलागी भएको र नियन्त्रणको प्रयास जारी भइरहेको छ ।

उक्त नगर क्षेत्रको अग्नि नियन्त्रक विभागका अनुसार त्यहाँ दुई दर्जन आगलागीका घटना तथा त्यसबाट घाइते भएकाहरूको उपचारमा अग्निनियन्त्रक खटिएका छन् । सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो । साना परकम्प आइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै स्थिति नियन्त्रणमा रहेको जनाएका छन् । रासस

प्रतिक्रिया

18 − 5 =

Loading...