birat ribon

रोनाल्डोसँग खेल्न बुफोन युभेन्टस फर्किए

Neuro
रोनाल्डोसँग खेल्न बुफोन युभेन्टस फर्किए

एजेन्सी,
सन् २०१८–१९ को सिजनको अन्त्यतिर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोडेका गोलकिपर जियानलुइजी बुफोनले इटालियन क्लब युभेन्टस फर्किएका छन् । गत सिजन मात्र युभेन्टस छोडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका उनी पुनः पुरानै क्लब फर्किएका हुन् ।

cura insider

१७ वर्ष युभेन्टसमा बिताएका उनी एक वर्ष मात्र पीएसजीबाट खेले । उनी पीएसजीलाई फ्रेन्च लिग वानको उपाधि दिलाएर पुनः युभेन्टस फर्किएका हुन् । पीएसजीबाट बुफोनले सन् २०१८–१९ को सिजन २५ खेल खेलेका थिए । यसदौरान उनले ९ क्लिन सिट राखे । जसमा दुई उपाधि समेत छन् ।

४१ वर्षीय बुफोनले युभेन्टससँग एक सिजनका लागि सम्झौता गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । बिहीबार बिहान उनी मेडिकलका लागि टुरिन आइपुगेका थिए । जहाँ, बुफोनलाई क्लबका समर्थकहरुले भव्य तबरले स्वागत गरेका थिए ।

युभेन्टस र बुफोनबीच सन् २०१९–२० का लागि सम्झौता भएको छ । यसपछि उनले खेल जीवनबाट सन्यास लिने बताइएको छ । बुफोनले एक कार्यक्रममा नै आफू स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग खेल्न चाहेको बताएका थिए । आफूले युभेन्टस छोडेपछि रोनाल्डो इटाली आएको उनले बताएका थिए । र, अब भने उनको सपना पूरा हुने भएको छ ।

jackson ribon