birat ribon

मुटु स्वस्थ बनाउन हरियो खानु राम्रो, यस्ता छन् यसका अन्य फाइदाहरू

Neuro
मुटु स्वस्थ बनाउन हरियो खानु राम्रो, यस्ता छन् यसका अन्य फाइदाहरू

तरकारीमा स्वादको लागि हामी पिरो खाने गर्छौं । पिरो खान मनपराउने मानिसले धुलो खुर्सानीको धेरै प्रयोगले गर्दा हाम्रो पेट तथा छाती नमाज्जाले पोल्ने गरेको हुन्छ । तर, ठिक्क मात्रामा हरियो खुर्सानीको नियमित सेवनले हाम्रो सब्जीमा स्वाद ल्याउनुका साथै हाम्रो शरीरलाई समेत स्वास्थ्य बनाउन मद्दत गर्दछ । हरियो खुर्सानीमा पेट र छातीमा असर पनि गर्दैन ।

cura insider

हरियो खुर्सानीमा भिटामिन ’ए’, ’वि’, ’सि’, आइरन, कपर, पोटासियम, प्रोटिन, कार्बोहाइड्रेड, एन्टिअक्सीडेन्ट तथा फाइबर जस्ता पोषक तत्वहरु प्रसस्त रुपमा पाइने हुन्छ । यसले हाम्रो शरीरमा व्याक्टेरियाविरुद्ध लड्न रोग प्रतिरोधात्मक शक्तिको वृद्धि गरेर हामीलाई विभिन्न स्वास्थ्य समस्याबाट छुट्कारा दिलाउन सहयोग पुर्याउँछ ।

यसले हाम्रो शरीरमा कोषिकाहरूलाई स्वस्थ राखी रगत शुद्धिकरण गर्नमा सहयोग पुर्याउँछ । पाचन प्रक्रियालाई सक्रिय गरेर शरीरमा पोषक तत्व, अक्सिजन, हर्मोन, तापक्रम तथा इलेक्ट्रोलाइट्सको मात्रा पुराउने गर्छ । हरियो खुर्सानीले हाम्रो रगतमा भएको चिनीको मात्रालाई घटाउनमा सहयोग गरेर कोलेस्टेरोल, उक्मरक्त चाप, मधुमेह तथा फोक्सो र मुटुसम्बन्धी समस्याबाट जोगाउन मद्दत गर्छ ।

यसमा पाइने भिटामिन ’ए’ र ’सी’ले आँखा तथा छालालाई पनि फाइदा पुर्याई रहेको हुन्छ । यसले आखाँको दृष्टि तेज बनाएर छालाका लागि आवश्यक तेल उत्पादन गर्छ । नियमित रुपमा ठिक्क मात्रामा यसको सेवन गर्दा यसले हाम्रो छालालाई नरम र चम्किलो बनाउने गर्छ । धुम्रपान, मदिरापान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसहरुका लागि हरियो खुर्सानीको सेवन एकदमै उपयोगी हुने गर्छ ।

हरियो खुर्सानीमा एन्टी व्याक्टेरियल तत्व हुन्छ जसले क्यान्सरका साथै प्रोटेस्टको समस्यालाई समेत कम गर्छ । महिलामा हुने आइरनको कमीलाई हरियो खुर्सानीको नियमित सेवनले परिपूर्ति गर्छ । हरियो खुर्सानीको नियमित सेवनले व्यक्तिको मुडलाई ताजा राख्नुका साथै हामीलाई धेरै बेरसम्म खुसी राख्न मद्दत गर्छ ।

jackson ribon