काठमाण्डौँ ।
गर्मीको समय मुटुका बिरामीले अलि धेरै सतर्कता अपनाउनु पर्छ । तापक्रम बढी भएको समयमा मुटुलाई पनि असर गर्छ । गर्मी बढेपछि शरीरमा चिसो बढाउन पसिना आउने गर्छ ।
तर यदि शरीर केही कारणवश चिसो हुन सकेन भने मुटुलाई पम्प गर्न बढी मिहिनेत गर्नुपर्छ। मुटुरोग विशेषज्ञका अनुसार तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्यामा पनि विशेषगरी हृदयघात बढिरहेको छ। यदी मुटुमा रोग छ भने चर्काे घाममा नहिड्नु नै बेस हुन्छ ।
यदी तपाईलाई अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल ब्लड प्रेसर चेक गराउनुपर्छ। घाम चर्केको बेला बाहिर ननिस्किनुहोस् । मनोरन्जनका लागि घरबाहिर निस्कनु छ भने शपिङ सेन्टर, पुस्तकालय, फिल्म हलजस्ता वातानुकुलित शान्त स्थानमा जानुपर्छ।
गर्मी भगाउने एउटा सहज उपाय भनेको नुहाउनु हाो । चर्काे घाम वा गर्मी बढी भएको दिन दिनभरिमा पटक–पटक तरल पदार्थ पिउनुपर्छ। तर चिया, कफी, मदिरा सेवनबाट टाढै रहनुहोस् ।
उच्च रक्तचाप, कोलेस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले गर्मी मौसममा ध्यान दिनुपर्छ। गर्मी मौसममा हृदयघातका घटना बढ्नुको कारण डिहाइड्रेसन हो। डिहाइड्रेसनका कारण शरीरमा सोडियम र पोटासियमको मात्रामा गडबड हुन्छ। त्यसैले शरीर सुख्खा हुन नदिन सचेत रहनुपर्छ।