birat ribon

चोरीमा संलग्न दुई पाकिस्तानी पक्राउ

Neuro
चोरीमा संलग्न दुई पाकिस्तानी पक्राउ

काठमाडौं ।

विभिन्न स्थानमा पटक पटक चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले २ पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । काठमाण्डौँ २३ नम्बर वडामा राजेन्द्र श्रेष्ठको डेभिस मेट्रो मनि एक्सचेन्जमा साउदी रियाल साट्ने बाहानामा चोरी गर्ने दुई पाकिस्तानीलाई प्रहरीले पक्राउ गरेको हो ।

cura insider

पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन् । पैसा साट्ने बाहानमा ९ सय अमेरीकी डलर, ३ हजार साउदी रियाल र चिनियाँ मुद्रा १४ सय चोरी गर्ने मोहसिन खान र पुजा मोहसिन खानलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले भक्तपुर, सुर्यविनायकमा आरके ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स सेन्टरबाट ३० हजार रुपैयाँ, भक्तपुरको लोकन्थलीमा हेका किचेन स्टोर्सबाट ७० हजार रुपैयाँ र बुटवलमा शारदा वाग्लेले सन्चालन गरेको राईजिङ स्पोर्टस् ग्यालरीबाट १ लाख ५० हजार रकम चोरी गरेको आरोपमा पक्राउ परिसकेका थिए । उनीहरु त्यतिबेला ५० ५० हजार रुपैयाँ धरौटी तिरेर छुटेका थिए ।

jackson ribon