birat ribon

विप्लवप्रति कठोर बन्दै सरकार

Neuro
विप्लवप्रति कठोर बन्दै सरकार

काठमाडौं ।

cura insider

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीको प्रयोग बढिरहेका बेला सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री गोकुप्रसाद बाँस्कोटाले विप्लवको अन्त्य विनाशबाट हुने बताएका छन् ।

बिहिबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विप्लबप्रति सरकार कठोर हुने संकेत मन्त्री बाँस्कोटाले दिएका हुन् ।

विप्लव समुह अनुचित, गैर संवैधानिक काम गर्दै हिडिरहेको भन्दै उनले सरकारले त्यसलाई नियन्त्रण र निस्तेज गर्न लागि रहेको बताए ।
नेपालमा जनताले चाहेको राजनीतिक परिवर्तन भइसकेको बताउँदै मन्त्री बाँस्कोटाले स्कुल बन्द गराएर कस्ता नागरिक उत्पादन गर्न खोजेको हो ? भन्दै विप्लवलाई प्रश्न समेत गरेका छन् ।

उनले विप्लव दक्षिणपन्थी शक्तिबाट प्रयोग भइरहेको त होइन भन्ने प्रश्न उब्जिएको बताए । विप्लव समूह मूलतः धन आर्जनमा लागेको मन्त्री बाँस्कोटाको भनाइ छ। विप्लवका गतिविधिबारे सरकारको आधिकारीक धारणा राख्दै मन्त्री बाँस्कोटाले वार्तामा आए रातो कार्पेट बिछ्याएर स्वागत गरिने तर बताए । तर उनले विप्लव मार्क्सवादी नभएर उपयोगवादी, कमाउवादी, संगठित आतंकवादी र सामाजिक फाँसीवादी भएको आरोप लगाए।

jackson ribon