birat ribon

हातहतियार सहित १ जना पक्राउ

Neuro
हातहतियार सहित १ जना पक्राउ

विराटनगर ।

cura insider

संखुवासभामा एसएलआर र गोलिगगठ्ठा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको सिलिचोङ गाउँपालिका १ बाट हातहतियार र गोलीगठ्ठासहित चिशंखुगढी गाउँपालिका ७ का निम दोर्जी तामाङलाई पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुसभाबाट गस्तिमा खटिएको प्रहरी टोलीलाई तामाङ सहितको टोलीले गत असार १७ गते एसएलर र गोलि गठ्ठा सहित पक्राउ गरेको हो ।

१६ गते बिहान होयङ्लामा प्रहरीलाई लक्षित गरी गोली फायर गरेका तामाङ्को टोलीलाई पच्छयाउने क्रममा प्रहरीले १ थान एसएलआर, ६५ राउण्ड गोली, म्यागजिन १ थान, र १३ थान खोका तथा एलएमजी राईफलको २० राउण्ड गोली, म्यागजिन १ थान, बिष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट लामो डेडकर्ड बरामद गरेको छ ।

उनको साथबाट मेमोरी कार्ड सहितको एउटा मोवाइल पनि बरामद गरिएको कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक किशोरकुमार दाहालले बताए ।  प्रहरीले स्पिपिङ् व्याग तथा कार्लमाक्स व्यक्तित्व र कृतित्व लेखेको किताव र खाली डायरी समेत उनको साथबाट बरामद गरेको जनाएको छ ।

हातहतियार सहित पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको छ ।

jackson ribon