birat ribon

धुम्रपान सेवन गर्नेलाई भन्दा नजिक बस्ने धेरै खतरामा

Neuro
धुम्रपान सेवन गर्नेलाई भन्दा नजिक बस्ने धेरै खतरामा

विराटनगर ।

cura insider

धुम्रपान गर्ने व्यक्तिले फ्याक्ने धुवाँले उसलाई त असर गर्छ तर, जुन उसले चुरोट सल्काए पछि वातारवरणमा फैैलिन्छ । चुरोट सेवन नगर्ने व्यक्तिहरुले सास फेर्ने क्रममा उक्त धुँवालाई लिन्छ, चुरोट नखाएपनि उक्त व्यक्तिलाई पनि त्यो धुँवाले त्यत्तिकै असर गर्ने हुन्छ ।

चुरोट नखाएपनि छेउमा बसेर उक्त चुरोटको धुँवा खाने व्यक्तिलाई ‘प्यासिभ स्मोकर’ वा सेकेन्ड ह्यान्ड स्मोकिङ भन्ने गरिन्छ । धुँवामा ४ हजारभन्दा बढी रसायन हुने गर्छ जसमध्ये २५० वटा रसायनले मानव शरीरमा बढी हानि पुर्याउछ । यसमध्ये ५० भन्दा बढीले क्यान्सर जस्तो प्राण घटक रोग लगाउने सम्भावना हुन्छ । यसले स्वास फेर्ने नलीलाई ब्लक गरेर स्वासप्रस्वास सम्बन्धि विभिन्न रोगहरु निम्त्याउने गर्छ । साथै धेरै धुँवा भएको ठाउँमा धेरै बेर बसेको खण्डमा हाम्रो मुटुको नलीमा रगत जम्ने समस्या पनि हुन सक्छ ।

हप्तामा १० घण्टा भन्दा बढी समय धूमपानबाट उपन्न हुने धुवाँमा बसेको खण्डमा यसले हामीमा स्ट्रोक तथा विभिन्न हर्ट डिजिजको मात्रा २७ प्रतिशतले बढ्न गइ हाम्रो मृत्यु समेत हुन सक्छ । धूमपान गर्ने अभिभावकहरूमा विभिन्न स्वास्थ्य समस्या, फोक्सोको विकास राम्ररी नहुने तथा मुटुमा प्वाल हुने जस्तो समस्या पाइएको छ ।

बाल्यकालमा धूमपान गर्ने अभिभावकको बीच हुर्केका बच्चाहरूको फोक्सोमा संक्रमण हुने धेरै खतरा देखिन्छ । अभिभावकहरूले धूमपान गर्दा त्यसबाट बाल्यकालमा प्रभावित भएकाहरुलाइ युवा अवस्थामा त्यसले असर गर्ने भएको पाइन्छ । र, यसले क्रोनिक लङ्ग डिजिज हुने खतरा अध्ययनले देखाइ सकेको छ ।

‘प्यासिभ स्मोकर’हरुको अकालमा समेत मृत्यु हुने सम्भावना २५ देखि ४० प्रतिशतले बढेको छ । चुरोटको टुप्पोलाई बाल्न प्रयोग हुने तत्वले चुरोट पिउनेलाई भन्दा पनि चुरोटको धुँवा लिनेलाई बेसी हानी गर्दछ । बच्चाहरुमा यसले प्रेसरको समस्या, दाँतको समस्या, स्वासप्रस्वास सम्बन्धि विभिन्न रोग जस्तै अर्थराइटिस, निमोनिया, अस्थमा तथा दमको समस्या निम्त्याउन सक्छ ।

यसले नाक, आँखा तथा घाटीमा तत्कालै असर देखाउन सुरु गर्छ । साथै, गर्भवती भएका महिलाले नियमित यस्तो धुँवाको प्रकोपमा बस्नु परेको खण्डमा कम तौल भएको, सुस्त मनस्थिति भएको, शारीरिक बिक्लान्गता भएको बच्चा जन्माउने गरेको पाइन्छ । यसले गर्भपातको समस्या समेत निम्त्याउन सक्छ ।

यस्तो सेकेन्ड ह्यान्ड स्मोकिङको प्रभावमा पर्ने युवायुवतीहरु दुई गुणा बढी चुरोटको लतमा लाग्ने गर्छन् । छुट्टै वा भेन्टिलेटेड चुरोट खाने ठाउँले पनि सेकेन्ड ह्यान्ड स्मोकिङबाट हामीलाई बचाउन सक्दैन । बालबालिकाहरूको सुरक्षा र उनीहरुको स्वास्थ्यका लागि उपयुक्त उपाय भनेको अभिभावकहरूले धूम्रपान त्याग्नु हो ।

jackson ribon