fbpx

विराटनगरको सोम्स कलेजमा एसीसीए पढाई हुने

विराटनगर ।

सन् १९०४ मा वेलायतवाट शुरुवात भएको एशोसियसन अफ चार्टड सर्टिफाइड एकाउन्टेन्टस (एसीसीए) प्रोफेसनल कोर्षको बिहिबार विराटनगरमा एक दिने अभिमुखिकरण सम्पन्न भएको छ ।

स्कूल अफ म्यानेजमेन्ट स्टडीज (सोम्स) कलेजले विराटनगरमा एसीसीएको कोर्ष सुरु गरेको हो । ३ वर्ष ६ महीना अवधीको यो एसीसीए ग्लोबल डिग्री भएका कारण विद्यार्थी संसार भर मान्यता पाउने क्याम्पसका प्रमुख आरसी कोइरालाले बताए । संसार भर वित्तिय क्षेत्रमा एसीसीएको माग बढ्दो रहेको बेला नेपाली युवाहरुको पनि रोजाईमा रहेको उनको भनाई छ ।

पढ्दै गर्दा काम गर्न सकिने, पाठ्य क्रममै इन्टर्नसिप अनिवार्य गरिएको, पढाइ सकिएपछि खाली बस्नु नपर्ने, आकर्षक र तलव र अन्तराष्ट्रिय वजारमा समेत बढदो मागका कारण एसीसीए प्रति विद्यार्थी आर्कषित भएको क्याम्पस प्रमुख कोइरालाको भनाई छ ।

अभिमुखिकरणमा बोल्दै एसीसीए पढेको जनशक्तिले संस्थाको आर्थिक गतिविधी वलियो वनाउनेदेखि मुलुककै अर्थ व्यवस्थालाई पनि चलायमान वनाउँन सक्ने नवील वैक विराटनगरका क्षेत्रिय प्रमुख रोशन कोइरालाले वताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रा.डा. देवेन्द्र अधिकारीले आजको व्यवहारीक शिक्षाको आवश्यक्तालाई एसिसिएले पुरा गर्न थप सहयोग गर्ने बताए । सिए अनन्त काफ्ले, आशिष गिरी, रोशन घिमिरे र अजय महतलगायतले यसको महत्व र सम्भावनाको बारेमा प्रकाश पारे ।

प्रतिक्रिया

Loading...