birat ribon

बहुचर्चित नाटक ‘मुनामदन’ अब पोखरामा मञ्चन हुने

Neuro
बहुचर्चित नाटक ‘मुनामदन’ अब पोखरामा मञ्चन हुने

विराटनगर,
प्रदेश एकको राजधानी विराटनगरका साथै काठमाडौँ र विराटचोकमा सफल मञ्चन भइसकेको महाकवी लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक लिएर विराट आदर्श साहित्य मञ्च, विराटनगरका कलाकारहरू पोखरा जाने भएका छन् ।

cura insider

पटप–पटक गरी अहिलेसम्म ८३ शो मञ्चन भइसकेको उक्त नाटक ‘मुनामदन’लाई अहिलेसम्म २१ हजार दर्शकले हेरिसकेका छन् र सर्वाधिक चर्चित नाटकमा पर्दछ । पोखरास्थित गन्धर्व नाटकघरमा साउन १० देखि १९ गतेसम्म मञ्चन हुने मञ्चका अध्यक्ष कटवाल दीपकले बताएका छन् ।

यसैगरी मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदित यसअघि मञ्चन भएका स्थानमा झैं यस नाटकलाई पोखरामा पनि दर्शकले रुचाउनेमा विश्वस्त छन् । उनी भन्छन्, ‘अन्य ठाउँमा जसरी दर्शकले मुनामदन नाटकलाई मन पराएका छन् । उस्तैगरी पोखरामा पनि दर्शकको मन जित्न सफल हुन्छ ।’

‘मुनामदन’ नाटकलाई संवाद लेखन तथा नाट्यरुपान्तरण मञ्चका अध्यक्षसमेत रहेका कटवाल दीपकले गरेका हुन् भने निर्देशन सवीन कट्टेलले गरेका हुन् । नाटकमा धेरैजसो पुरानै कलाकाहरू रहेता पनि केही नयाँ कलाकारले पनि नाटकमा अभिनय गर्ने छन् ।

मुनामदनमा सरु कटवाल, सन्देश बाराकोटी, पवित्रा खड्का, आशुतोस कोइराला, नगेन्द्र खड्का, वर्षा न्यौपाने, नवराज नेपाल, नवराज गिरी, मिलन चाम्लिङ्ग, नुना कट्टेललगायतको अभिनय रहनेछ । उक्त नाटक मञ्चनका लागि मुनामदन टिम साउन ४ गते पोखरा प्रस्थाान गर्ने व्यवस्थापक विवेक आचार्यले जानकारी दिए ।

यसैगरी पोखरा थिएटरका निर्देशक परिवर्तनले मुनामदनलाई नयाँ पुस्ता र विद्यार्थीहरूले हेर्न र बुझ्न आवश्यक रहेको बताए । ‘मुनामदन पोखरामा मञ्चन हुनु आफैँमा खुशीको कुरा हो,’ उनले भने, ‘अहिलेका नयाँ पुस्ता र विद्यार्थीहरूले मुनामदन हेर्नु र बुझ्नु आवश्यक छ । मुनामदन टिमलाई पोखरा थिएटरको पूर्ण सहयोग रहनेछ ।’

jackson ribon