birat ribon

हरर चलचित्र ‘घर’ ले दर्शक हसाउँला की तर्साउला ?

Neuro
हरर चलचित्र ‘घर’ ले दर्शक हसाउँला की तर्साउला ?

हरर जनरामा आधारित रहेको फिल्म ‘घर’ लाई अर्पण थापाले निर्देशन गरेका हुन् । नेपालमा हरर फिल्म रुचाउने दर्शकको संख्या ठूलो छ । तर, नेपालमा हरर जनराका फिल्महरु निकै कम बन्ने गरेको पाइन्छ । दुइ तिन वर्षमा मुश्किलले एक वा दुईवटा हरर फिल्म रिलिज हुने गरेको देखिन्छ । ति मध्ये आजसम्म कुनै पनि हरर फिल्मले दर्शकलाई तर्साउन भने सकेका छैनन् ।

cura insider

नेपालमा बनेको हरर फिल्मले दर्शकलाई तर्साउने भन्दा पनि हसाउने गरेको पाइन्छ । आवश्यक प्रविधि र बजेटको कमी भएका कारणले नेपालमा राम्रो हरर फिल्म बन्न नसकेको बुझिन्छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘सुनकेसरी’ हेरेपछि दर्शक हास्दै हलबाट निस्किएका थिए । ’सुनकेसरी’ पछि अभिनेता तथा निर्देशक अर्पण थापाले हरर फिल्म ’घर’ को निर्माण गरेका छन् ।

निर्देशक थापाले फेरी एकपटक धेरै नै कम निर्माण हुने र निकै कम चल्ने हरर जनराको फिल्म बनाएर जोखिम मोलिरहेका छन् । श्रीमान्–श्रीमतीले भर्खर सस्तोमा किनेको नयाँ घरमा सरेपछि भुतप्रेत संग भोगेको कथालाई फिल्ममा देखाइएको छ । फिल्ममा अर्पणको मुख्य भूमिका रहेको छ भने अभिनेत्री सुरक्षा पन्तले अर्पणको श्रीमतिको भूमिका निभाएकी छिन् ।

शर्मिला पाण्डेलले निर्माण गरेको यस फिल्ममा अर्पण र सुरक्षाका साथ अभिनेत्री बेनिशा हमाल, अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको लगायत कलाकारहरुको प्रमुख भूमिका रहेको छ । निरज कँडेलको छायांकन रहेको यस फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो ।

यस फिल्मको छायांकन २० दिनमा सकिएको थियो । फिल्म आउँदो साउन ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । सार्वजनिक गरिएको पोस्टर र ट्रेलर निकै डरलाग्दो देखिन्छ । फिल्मको पोस्टर र ट्रेलरलाई भने दर्शकहरुले भने रुचाएका छन् । यस फिल्मले दर्शक हरुलाई हसाउला की तर्साउला भनेर हेर्नलाई प्रतिक्षा गर्नु पर्ने हुन्छ ।

jackson ribon