birat ribon

कति वर्षका मानिसले कति घण्टा सुत्नुपर्छ ? जान्नुहोस्

Neuro
कति वर्षका मानिसले कति घण्टा सुत्नुपर्छ ? जान्नुहोस्

निन्द्रा हाम्रो शरीरमा फूर्ति र ताजापन ल्याउनका लागि निकै महत्वपूर्ण हुन्छ । हामीले कम्तिमा पनि दिनमा ७ देखि ८ घण्टा सुत्नु अति आवश्यक हुन्छ । सुत्ने समया र मान्छेको मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्ने मानिसमा बढी मानसिक समस्या र चिन्ता देखिएको पत्ता लागेको छ । कम सुत्ने मानिसहरुमा मानसिक तनाव, निराशा तथा डिप्रेसनको समस्या तथा विभिन्न रोगहरु देखा पर्न थाल्छ ।

cura insider

कम सुत्ने मानिसमा अल्छिपना, थकान, बढी नकारात्मक सोचाई, मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने, छिट्टै कुरा बिर्सिने जस्ता लक्षणहरु देखा पर्न गरेका हुन्छन् । अनियमित सुताइ भएका मानिसहरुमा नकारात्मक सोचको विकास हुने हुदा त्यस्तो सोचले उनीहरुको जीवनमा निकै नकारात्मक असर पर्ने देखिन्छ । निन्द्राको कमीले दिमागलाई सुस्त बनाउने गर्छ ।

निद्राको कमीले आँखा तल कालो दाग, अनुहारमा डण्डीफोर, चाया, पोतो तथा अनेक दागहरु बढ्न थाल्छ । साथै नियमित निन्द्रा नपुग्ने कारणले गर्दा हामीमा विभिन्न स्वास्थ्य समस्या, छाला र पेटसम्बन्धी रोगहरु समेत देखा पर्न थाल्छ । तर, कति उमेरको मान्छेले कति घण्टा सुत्ने गर्दा फाइदा हुन्छ भन्ने प्रश्नले धेरैजसो मानिसहरुलाई सताइ रहेको हुन्छ ।

गर्भवती महिलाले राति ८ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुत्ने नियम बनाउनु पर्छ । भर्खर जन्मिएदेखि तीन महिनासम्मको नवजात शिशुले हरेक दिन १४ देखि १७ घन्टा अनिवार्य सुत्नुपर्छ । यसले बच्चाको शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउछ । १ देखि ५ वर्षको स्कूल जाने उमेर नपुगेका बालबालिकाहरुले हरेक दिन ११ देखि १४ घन्टा सुत्नुपर्छ ।

६ देखि १३ वर्ष उमेर पुगेका स्कुल जाने बालबालिकाले हरेक दिन ९ देखि ११ घन्टा सुत्नु पर्ने हुन्छ । १४ देखि १७ वर्ष सम्मका किशोरकिशोरीहरुले हरेक दिन ८ देखि १० घन्टा सुत्नु पर्छ । यस्तै १८ देखि २५ वर्षका युवायुवतीहरुले ७ देखि ९ घन्टा सुत्नु पार्छ भने २६ वर्षदेखि ६४ वर्षका व्यक्तिहरुले दिनमा ७ देखि ९ घन्टा सम्म सुत्न आवश्यक हुने गर्छ । ६५ वर्षका पाका मानिसहरुलाई दैनिक ७ देखि ८ घन्टा सुत्दा पर्याप्त निन्द्रा पुग्छ ।

पर्याप्त सुत्ने गर्दा हाम्रो शारीरिक तथा मानसिक विकाशमा अवरुद्ध नभई हाम्रो निन्द्रा पनि पर्याप्त मात्रामा पुग्छ र हामीलाई हरेक बिहान उठ्दा थकाइ महसुस नहुनुका साथै दिनभरी गर्नु पर्ने कामको लागि उर्जा मिल्ने गर्नु का साथै हामीलाई हाम्रो काममा मन पनि लागिरहने हुन्छ । हाम्रो शरीरमा लाग्ने विभिन्न रोगहरुबाट पनि हामीले छुटकारा पाउन सक्छौं ।

jackson ribon