birat ribon

कांग्रेसबाट राजीनामा दिएपछि फेरियो राहुलको ‘ट्वीटर प्रोफाइल’, कांग्रेस अध्यक्षबाट भए सदस्य

Neuro
कांग्रेसबाट राजीनामा दिएपछि फेरियो राहुलको ‘ट्वीटर प्रोफाइल’, कांग्रेस अध्यक्षबाट भए सदस्य

नयाँदिल्ली,
भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षबाट राजिनामा दिएका राहुल गान्धीले आफ्नो ट्वीटर ‘प्रोफाइल’ परिवर्तन गरेका छन् । उनले आफ्नो ‘ट्वीटर प्रोफाइल’मा यसअघि ‘भारतीय राष्ट्रिय काँग्रेस अध्यक्ष’ लेखेकोमा अध्यक्ष पदबाट राजिनामा दिएपछि त्यसमा संशोधन गरी बुधबारदेखि भारतीय राष्ट्रिय काँग्रेसको सदस्य लेखेका हुन् ।

cura insider

उनको ट्वीटर ‘अकाउन्ट’ मा “यो राहुल गान्धीको आधिकारीक ‘अकाउण्ट’ हो, भनी लेखिएको छ । प्रोफाइलमा भारतीय राष्ट्रिय काँग्रेसको सदस्य तथा संसद सदस्य भनेर पनि लेखिएको छ । उनले केही दिनमात्र अघि पनि आफू पार्टी अध्यक्ष अब धेरै दिन नरहने बताएका थिए । उनले चाँडै नै पार्टीले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

हालै भएको लोकसभा निर्वाचनमा काँग्रेस अधिकांश ठाउँमा पराजय भएपछि उनले त्यतिबेलै राजीनामाको घोषणा गरेका थिए । तर, उनको राजीनामा अझै स्वीकृत भइसकेको भने छैन । कतिपय नेताहरुले उनलाई पार्टी अध्यक्षको जिम्मेबारी नछाड्न आग्रह पनि गर्दै आएका छन् ।

यता राहुलले भने आफूले राजिनामा दिए लगत्तै आफ्नो ट्वीटर अकाउन्टमा परिवर्तन गरिसकेका छन् । यस कारण पनि उनी अब पुनः अध्यक्षका रुपमा फर्किने सम्भावना कम रहेको विश्लेषकहरुको भनाई छ । रासस

jackson ribon