birat ribon

चेल्सीको प्रशिक्षकमा पूर्वखेलाडी लाम्पार्ड

Neuro
चेल्सीको प्रशिक्षकमा पूर्वखेलाडी लाम्पार्ड

एजेन्सी,
लण्डन क्लब चेल्सीले क्लबका पूर्वखेलाडी फ्रांक लाम्पार्डलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । चेल्सीले क्लबका पूर्वमिडफिल्डर लाम्पार्डलाई तीन वर्षे सम्झौताअनुरुप क्लबमा नियुक्त गरेको बीबीसी जनाएको छ ।

cura insider

४१ वर्षीय लाम्पार्डलाई माउजिरियो सार्रीको स्थानमा चेल्सीमा ल्याइएको हो । सार्रीले सन् २०१८–१९ को सिजनको अन्त्यमा चेल्सी छोडेर इटालियन क्लब युभेन्टस गएका थिए । चेल्सीमा १३ वर्ष बिताएका उनले क्लबमा रहँदा ६ सय ४८ खेल खेल्दै सर्वाधिक २ सय ११ गोल गरेका थिए ।

उनले चेल्सीबाट ११ मुख्य उपाधि जितेका थिए । लाम्पार्डले चेल्सीमा प्रशिक्षकको रूपमा फर्कँन पाउँदा गर्व लागेको बताएका छन् । उनले भनेका छन्, ‘म चेल्सीको प्रमुख प्रशिक्षकको रूपमा क्लबमा फर्कँन पाउँदा गर्व महसूस गरिरहेको छु । सबैलाई थाहा छ कि मेरो माया चेल्सीलाई छ । यो त इतिहास बोलिहाल्छ । मेरो अबको उद्देश्य भनेको अब आउने सिजनमा चेल्सीलाई अगाडि बढाउनु हो ।’

jackson ribon