birat ribon

‘रोनाल्डोभन्दा मेस्सी प्राविधिक रूपले उत्कृष्ट छन्’

Neuro
‘रोनाल्डोभन्दा मेस्सी प्राविधिक रूपले उत्कृष्ट छन्’

एजेन्सी,
ब्राजिलका लेजेण्ड खेलाडी काफुले अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको प्रशंसा गरेका छन् । ब्राजिलबाट सन् १९९४ र २००२ मा विश्वकपको उपाधि जितेका काफुले मेस्सीलाई प्राविधिक रूपले उत्कृष्ट खेलाडी रहेको बताएका हुन् ।

cura insider

काफुले मेस्सीलाई उनका खास प्रतिद्वन्द्वी तथा पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानोसँग तुलना गर्दै मेस्सी प्राविधिक रूपले उत्कृष्ट खेलाडी भएको बताएका हुन् । उनले रोनाल्डोको तुलनामा मेस्सीसँग बढी प्राविधिक गुणहरू रहेको बताएका छन् ।

क्लबका लागि उपाधिको चाङ लगाएको तर आफ्नो लागि केही गर्न नसकेको आरोप लाग्दै आएका मेस्सी यसपटक पनि निराश भएका छन् । क्लब फुटबलमा प्रभावशाली मानिने ३२ वर्षीय मेस्सीको टोली अर्जेन्टिना कोपा अमेरिका कपबाट बाहिरिएसँगै मेस्सी निराश बनेका हुन् ।

चार खेल खेल्दा मात्र एक गोल गरेकापनि मेस्सी कोपा अमेरिकाको सेमिफाइनलमा पुग्दा समर्थकले उनीबाट निकै आशा गरेका थिए । यसपटक चाँहि मेस्सीले कोपा अमेरिकाको उपाधि दिलाउँदै राष्ट्रका लागि केही गर्न सक्लान् भन्ने उनका समर्थकले सोचेका थिए । तर, यसअघि फाइनलसम्म पुग्दै आएको अर्जेन्टिना सेमिफाइनलबाटै बाहिरिएपछि थप आलोचित बनेका हुन् ।

तर, ब्राजिलमा जारी ४६औं संस्करणको कोपामा आयोजकसँग हारेको भएपनि मेस्सीले रोनाल्डोभन्दा उत्कृष्ट प्रदर्शन गर्ने काफुको दाबी छ । ब्राजिलबाट चार पटक विश्वकप खेलेका ४९ वर्षीय काफुले रोनाल्डोभन्दा मेस्सी उत्कृष्ट खेलाडी भएको पनि बताएका छन् ।

‘अहिलेको फुटबलमा मेस्सीलाई डिफेन्ड गर्नु धेरै गाह्रो छ,’ बिइङ स्पोर्ट्स युएसएसँगको कुराकानीमा काफुले भनेका छन्, ‘मेरा लागि मेस्सी हाम्रो समयका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । धेरै मानिसहरू क्रिष्टियानो रोनाल्डोलाई उत्कृष्ट भन्छन् । तर, म भन्नेछु कि रोनाल्डोभन्दा मेस्सी नै प्राविधिक रूपमा सक्षम छन् ।’

jackson ribon