birat ribon

तालिबान लडाकुद्वारा एउटा जिल्ला नै कब्जा

Neuro
तालिबान लडाकुद्वारा एउटा जिल्ला नै कब्जा

काबुल,
अफगानिस्तानमा हत्या हिंसा जारी राखेको तालिबान समूहले एउटा उत्तरी क्वास टेपा जिल्ला कब्जा गरेका घोषणा छन् । उनीहरुले मंगलबार बिहान उत्तरी अफगानिस्तानस्थित जवाजान प्रान्तको सो जिल्ला आफूहरुले कब्जा गरेको उनीहरुले घोषणा गरेका थिए । साथै यो खवर सो प्रान्तका प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले पनि पुष्टि गरेका छन् ।

cura insider

केही दिन यतादेखि निरन्तर हमलापछि उनीहरुले सो जिल्ला कब्जाका गरेका हुन् । यस विषयमा थप जानकारी नदिइएतापनि सरकारी अधिकारीले भने आगामी केही दिनमा नै आफूहरुले तालिबानविरुद्ध थप आक्रामक कारबाही गरी सो जिल्ला फिर्ता ल्याउने बताएका छन् । प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले भने, ‘अफगान राष्ट्रिय सेनाले यस विषयमा गृहकार्य गर्नेछ र केही दिनमै उनीहरुको कब्जाबाट जिल्ला फिर्ता ल्याउने छ ।’ रासस

jackson ribon