birat ribon

खाना खानेबित्तैकै नुहाउने बानीले स्वास्थ्यमा पुर्याउछ हानी

Neuro
खाना खानेबित्तैकै नुहाउने बानीले स्वास्थ्यमा पुर्याउछ हानी

गर्मीको मौसममा हामीहरुको हरेक दिन नुहाउने बानी हुन्छ । दिन दिने नुहाउँदा हाम्रो शरीर सफा हुनुका साथै शारीरिक स्फूर्ति बढ्ने र शरीर शितल हुन्छ । यस मौसममा हामीले विहान मात्र नभएर दिउँसो तथा राति समेत नुहाएर शितल हुने गर्छौं । कहिले कहिँ हामीहरु हतारको बेलामा या अरू कुनै बेलामा खाना खाएर नुहाउने गर्छौं ।

cura insider

यसरी खाना खाएर नुहाउने क्रममा हामीलाई हाम्रा घरका ठूला मान्छेहरुले खाना खाएर नुहाउँनु हुँदैन भनेर भनेको पनि धेरै पटक सुन्ने गरेका छौं । यो कुरा सत्य हो । हामीले हाम्रो दैनिक जीवनमा गएको क्रियाकलाप तथा खानपानले हाम्रो स्वास्थ्य कस्तो हुन्छ भनेर निर्धारित गरिरहेको हुन्छ । साथै नियमित दिनचर्या राम्रो भएमा एक व्यक्तिको आयू लामो हुन जान्छ ।

खाना खानेबित्तैकै नुहाउनु हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक हुन सक्छ । खाना खाएलगत्तै नुहाउँदा हाम्रो शरीरमा गम्भिर समस्याहरु उत्पन्न हुन सक्छ । नुहाउँदा हाम्रो शरीरको सबै कोषहरु सक्रिय हुने गर्छ र हामीलाई नुहाउनका लागि धेरै शक्ति पनि चाही रहेको हुन्छ । नुहाएर निस्किँदा हामी सफा हुनुका साथै फूर्तिलो समेत महसुस गर्छौं ।

र, हामीले भरपेट खाएर नुहाए पनि हामीलाई छिट्टै भोक लाग्ने गर्छ र हामी फेरी टन्न खाने गर्छौं । हामीले नुहाएर खाँदा हाम्रो पाचन प्रकिय्रा सुस्त हुने गइ पेटभित्रको खानाहरु ढिलो पच्न थाल्छ । यसकारणले हाम्रो आन्द्राहरु कम्जोर हुन गइ हामीलाई अपच, कब्जियतलगायतका विभिन्न पेटसम्बन्धी रोगहरुले सताउने गर्छ ।

पाचन प्रक्रियाको लागि धेरै नै उर्जा चाहिने भएको कारणले यतिबेला हाम्रो पेटको वरिपरि रक्त प्रवाह बढ्ने हुन्छ । नुहाउँदा शरीरमा पानी परेपछि रक्त प्रवाह धेरैजसो शरीरको अन्य भागतिर जान्छ । यसले गर्दा हाम्रो दिमागलाई जति आवश्यक छ त्यति रगत पुग्दैन र शरीरको तापक्रमलाई घटाएर पाचन क्रियालाई पनि प्रभावित पार्छ ।

खाना खानुअघि नुहाएरमा हाम्रो शरीरले खाएको खानाबाट प्राप्त भएको पोषाक तत्वहरु सजिलैसंग प्राप्त गर्न सक्छ । त्यहि भएर, हामीले खाना खाएर नुहाउनुभन्दा पनि नुहाएर खाना खाने गर्दा हाम्रो स्वास्थ्यमा धेरै सुधार आउने गर्छ । यदि खाना खाएर नै नुहाउने हो भने खाना खाएको एक घण्टापछि मात्र नुहाउन उचित हुन्छ ।

jackson ribon