birat ribon

घमौराको समस्याले दिक्क हुनु भएको छ ? यसो गर्नुहोस्

Neuro
घमौराको समस्याले दिक्क हुनु भएको छ ? यसो गर्नुहोस्

गर्मी मौसमका कारण जुनसुकै उमेर समूहका मानिसहरुमा देखिने प्रमुख समस्या भनेको घमौरा हो । गर्मीमा पसिना बढी आउने कारणले धुलो तथा प्रदुषणले पसिना निस्किने ग्रन्थीका नलीहरु बन्द हुदा छालामा देखिने मसिना बिमिरालाई घमौरा भनिन्छ । हाम्रो शरीरमा देखिने घमौरा धेरैजसो घाँटी, छाती, ढाँड, हात र काखीमा वा कापमा आउने गर्छन् ।

cura insider

यसले गर्दा हाम्रो पूरै शरीर नराम्रो सँग चिलाउन थाल्छ । गर्मी तथा धुलोले प्रदुषित वातावरण, बाक्लो लुगाको प्रयोग, र शरीरको तापक्रम धेरै हुदा हाम्रो शरीरमा घमौरा आउने गर्छन् । भर्खर जन्मिएका बच्चाहरुमा पनि यो समस्या देखा पर्न सक्छ । साना बच्चाहरुमा पसिनाको ग्रन्थी राम्रोसँग विकास नभएको कारणले गर्दा उनीहरुमा घमौराको समस्या बढी देखिने गरिन्छ ।

फोहोर धेरै चलाउने, हात खुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरण घमौराका मुख्य कारण हुन् । हामीले घमौरा आएको बेलामा धेरैजसो बजारमा पाइने पाउडरहरुको प्रयोग गरिरहेका हुन्छौं । यसले केहि बेर सम्मको लागि हामीलाई शितलता प्रदान गर्छ । तर, केमिकलहरुले बनेको भएर यसले छालामा भएको पसिनाको ग्रन्थीहरुलाई अझ बन्द गरिरहेको हुन्छ ।

यस्ता बजारमा पाइने सामग्रीको प्रयोग नगरी आफ्नै घरमा भएका सामानको उपयोगले केहि दिन मै घमौराबाट हामीले छुटकारा पाउछौं । घमौरा भएको ठाउँमा बरफ दल्दा चिसो भएर राहत मिल्छ । नीमको बोक्रा घमौरा आएको ठाउँमा दल्दा पनि राहत मिल्छ । पानीमा नीमका पात राखेर उमाल्ने र सेलाएपछि त्यही पानीले नुहाउने गर्दा घमौरा घट्दै जान्छ ।

वा नीमको बोक्रा मात्रै घमौरा आएको ठाउँमा दल्दा पनि हामीलाई राहत मिल्छ । बिहान तथा बेलुका नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जानुका साथै शरीरमा भएको अन्य दागहरु समेत हराउदै जान्छन् । घमौरा भएकाले प्याज तथा लसुनले झानेको दालको प्रयोग गर्नु हुदैन । यसले शरीरलाई गर्मी बढाएर झन् बढी घमौरा निम्त्याउने गर्छ ।

मुलतानी माटोको लेप लगाउनाले पनि केही दिनमै घमौरा हराउने गर्छ । हामीले घमुरा आएको बेलामा शरीरलाई चिसो बनाउने खानेकुराको सेवन गर्नु पर्छ । घमौरा आएको बेलामा चनाको सातु, कागती पानी, काँचो प्याजको सेवनले हामीलाई घमौराबाट मुक्ति दिलाउन मद्दत गर्छ ।

jackson ribon