birat ribon

रोनाल्डोलाई उछिन्दै फेलिक्स एथ्लेटिकोमा भित्रिए

Neuro
रोनाल्डोलाई उछिन्दै फेलिक्स एथ्लेटिकोमा भित्रिए

एजेन्सी,
पोर्चुगलका युवा खेलाडी जोआ फेलिक्स स्पेनिस क्लब एथ्लेटिको मड्रिडमा अनुबन्ध भएका छन् । बेन्फिकाका खेलाडी रहेका १९ वर्षीय पोर्चुगिज युवा स्टारलाई एथ्लेटिकोले विश्वका पाँचौ महंगो खेलाडीका रूपमा अनुबन्ध गरेको हो ।

cura insider

अन्तर्राष्ट्रिय मिडियाका अनुसार एथ्लेटिकोले बेन्फिकालाई १२६ मिलियन युरो तिर्दै क्लबमा अनुबन्धन गरेको हो । खबरका अनुसार एथ्लेटिको र फेलिक्सबीच ७ वर्षे सहमति भएको छ । उनी सन् २०२६ जुन सम्मका लागि क्लबमा अनुबन्धित भएका हुन् ।

फेलिक्सले एथ्लेटिकोमा जर्सी नम्बर ७ नै लगाउने भएका छन् । फेलिक्सले गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै बेन्फिकाका लागि २६ लिग खेलमा १५ गोल गरेका थिए । यस्तै उनले ९ गोलका लागि पास पनि मिलाएका थिए । एथ्लेटिकोमा अनुबन्ध भएपछि उनी युरोपेली क्लब फुटबलका दोस्रो महंगा युवा फुटबलर बनेका छन् ।

यसअघिका महंगा युवा स्टार किलियन एम्बाप्पे हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का एम्बाप्पे १ सय ८० मिलियन युरोमा क्लबमा अनुबन्ध भएका थिए । यस्तै पोर्चुगलका खेलाडीका आधारमा उनले युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेका छन् ।

यसअघि रियल मड्रिडले रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडबाट विश्व कीर्तिमानी रकममा क्लबमा अनुबन्ध गरेको थियो ।

jackson ribon