birat ribon

सार्क फिल्म फेस्टिवलमा बुलबुल प्रदर्शन, श्रीलंका पुगिन् स्वस्तिमा

Neuro
सार्क फिल्म फेस्टिवलमा बुलबुल प्रदर्शन, श्रीलंका पुगिन् स्वस्तिमा

काठमाडौं,
चर्चित निर्देशक तथा कलाकार निश्चल बस्नेत की पत्नी तथा सफल अभिनेत्री स्वस्तिमा खड्काको मूख्य अभिनय रहेको फिल्म ‘बुलबुल’ले सार्क फिल्म फेस्टिभलमा प्रदर्शन हुने अवसर पाएको छ । प्राय शहरकी युवतीको भूमिका निर्वाह गर्दै आएकी स्वस्तिमाले ’बुलबुल’ फिल्मबाट आफनो उक्त इमेजलाई तोडेर उनि सफल भएकी छिन् ।

cura insider

फिल्म उक्त सार्क फेस्टिवलमा छानिए संगै स्वस्तिमा सहित बुलबुल फिल्मको निर्माण टिम श्रीलंका गएका छन् । २ जुलाईमा सुरु भएको उक्त फेस्टिभल ७ जुलाईसम्म चल्ने बताइएको छ । फेस्टिवलको पहिलो दिन फिल्म रिलिज भईसकेको छ । विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘बुलबुल’मा स्वस्तिमाले एक टेम्पो चालक महिलाको भूमिका निर्वाह गरेकी छिन् ।

फिल्मले बक्स अफिसमा राम्रो ब्यापार गर्न नसके पनि सफल फिल्मको दर्जामा आउन भने सफल भएको थियो । फेस्टिवलमा ’बुलबुल’को प्रदर्शन पछि ३ भिन्न देशका निर्णयकहरुले फिल्मबारे प्रश्नोत्तर गरेका थिए भने उक्त फेस्टिवलमा चलचित्र हेरि सकेपछि दर्शक तथा समीक्षकले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।

स्वस्तिमाले फेस्टिभलबारे जानकारी दिँदै पहिलो दिन निकै राम्रो भएको बताएकी छिन् । उक्त फेस्टिवलमा स्वस्तिमाले लगाएको पहिरनले उनलाई निकै आर्कषक र राम्री देखिएको छ । ‘बुलबुल’सँगै अर्को नेपाली फिल्म प्रसाद पनि फेस्टिवलमा प्रदर्शनको लागि छानिएको छ ।

jackson ribon