birat ribon

विश्वकप क्रिकेट : पुछारका दुई टोली वेस्ट इन्डिज र अफगानिस्तान भिड्दै

Neuro
विश्वकप क्रिकेट : पुछारका दुई टोली वेस्ट इन्डिज र अफगानिस्तान भिड्दै

विराटनगर,
इंग्ल्याण्ड र वेल्समा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पुछारका दुई टोली वेस्ट इन्डिज र अफगानिस्तान प्रतिस्पर्धामा छन् । नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट हुने उक्त खेल लिड्समा हुनेछ ।

cura insider

यी दुई टोली जारी विश्वकपको पुछारमा छन् । अफगानस्तिान पुछारको टोली हो भने वेस्ट इन्डिज पुछारदेखि माथि दोस्रो स्थानमा छन् । यी दुवै टोलीले समान ८ खेल खेलेका छन् । जसमा, वेस्ट इन्डिजले १ जित र ७ हार ब्यहोर्दै ३ अंक बनाएको छ ।

तर, अफगानिस्तानले भने समान ८ खेल खेल्दा आठै खेलमा पराजित छ । शून्य अंक भएको अफगानिस्तान आज सुखद अन्त्यको आशामा छ । अफगानिस्तान र वेस्ट इन्डिज दुवै सेमिफाइनल दौडबाट आउट भइसकेका छन् ।

jackson ribon