birat ribon

कोपा अमेरिका फाइनलअघि ब्राजिललाई झट्का, विलियनले फाइनल खेल गुमाउने !

Neuro
कोपा अमेरिका फाइनलअघि ब्राजिललाई झट्का, विलियनले फाइनल खेल गुमाउने !

एजेन्सी,
आफ्नै भूमिमा भइरहेको ४६औं संस्करणको कोपा अमेरिकाको फाइनल अगाडि उपाधि दाबेदार टोली ब्राजिललाई ठूलो समस्या आइपरेको छ । पेरुसँगको उपाधि भिडन्तअघि ब्राजिलका भरपर्दा मिडफिल्डर विलियन घाइते भएपछि ब्राजिललाई झट्का लागेको हो ।

cura insider

इंग्लिस क्लब चेल्सीबाट व्यवसायीक फुटबल खेलिरहेका विलियन सेमिफाइनलको खेलमा घाइते हुन पुगेका थिए । अर्जेन्टिनाविरुद्धको खेलमा उनी वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए । खेलको ४६औं मिनेटमा मैदान प्रवेश गरेका उनको चोट गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

खबरका अनुसार ३० वर्षीय विलियनको तिघ्रामा गम्भीर चोट देखिएको छ । ब्राजिली फुटबल संघले चोटको विपषयमा विस्तृतमा जानकारी नदिएपनि उनले फाइनल खेल गुमाउने पक्का भएको जनाएको छ । कोपा अमेरिकामा उच्च प्रदर्शन गरिरहेको ब्राजिलका घाइते भइ खेल गुमाउने खेलाडीमा विलियन दोस्रा हुन् । यसअघि स्टार खेलाडी नेयमार घाइते भइ टोली बाहिर छन् ।

ब्राजिलले उपाधिका लागि पेरुसँग खेल्नेछ । पेरु बिहीबार भएको दास्रो सेमिफाइनलमा साबिकको विजेता टोली चिलीलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । ४४ वर्षपछि फाइनलमा स्थान बनाएको पेरु र आयोजक राष्ट्र ब्राजिल आउँदो सोमबार उपाधिका लागि भिडन्त हुनेछ ।

jackson ribon