birat ribon

दूध पिउँदा फाइदा मात्र होइन बेफाइदा पनि हुन्छन्

Neuro
दूध पिउँदा फाइदा मात्र होइन बेफाइदा पनि हुन्छन्

दूध पौष्टिकताले भरिएको तत्त्व हो । दूधमा क्याल्सियम, भिटामिन ’डि’ र संयुग्मित लिनोलिक एसिडको मात्रा धेरै हुन्छ । दूधको नियमित सेवन गर्दा कोलोरेक्टल, स्तन र पेटको क्यान्सरको जोखिम कम हुने गर्छ ।

cura insider

दूधमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ । यसले हाम्रो दाँत, हड्डी तथा मांसपेशीलाई बलियो बनाएर विकाशमा समेत सहयोग पुर्याउने गर्छ । पाचन प्रणालीलाई फाइदा गरेर कब्जियतको समस्या, थकान, अनिन्द्राको समस्या, कफको समस्या, शारीरिक दुखाइको समस्यालाई हटाउनुका साथै यसमा भएको एन्टि ब्याक्टेरियल गुणले घाउ चोटसमेत निको पार्न मद्दत गर्छ ।

तर, हरेक कुराको फाइदा संगसंगै बेफाइदाहरु पनि धेरै हुने गर्छन् । ठिक्क मात्रामा खाएमा फाइदा गर्छ भने आवश्यकताभन्दा बेसी सेवन गरेको खण्डमा शरीरमा नकारात्मक असर देखाउन थाल्छ । दूध र दूधजन्य पदार्थले हाम्रो शरीरको अम्ल बढाउने गर्छ । हाम्रो शरीरमा अम्लको मात्रालाई नियन्त्रण गर्नु एकदमै आवश्यक हुन्छ ।

त्यसैले अत्यधिक दूधको सेवनले गर्दा शरीरमा अम्लको मात्रा बढ्छ र हाम्रो शरीरमा एसिडिटी तथा ग्यास्ट्रिकको समस्या देखा पर्न थाल्छ । दूधको सेवनले हाम्रो हड्डीलाई बलियो बनाउँछ । तर, हड्डी बलियो बनाउनुका लागि हामीले धेरै मात्रामा दूधको सेवन गर्दा हामीलाई असर पर्ने हुन्छ ।

दिनमा तीन गिलासभन्दा बढी दूधको सेवन गरेमा हाम्रो हड्डी भाँचिने सम्भावना हुन्छ । साथै, धेरै दूध पिउनाको अकालमा मृत्यु हुनेको खतरा समेत बढी भएको देखिन्छ । धेरैजसो मानिसले राम्रो निन्द्रा लाग्छ भनेर राति दूध पिएर सुत्ने गर्छन् । दुधको सेवन गरेपछि लगत्तै सुत्न साथ विभिन्न शारीरिक समस्या आउन सक्छ । त्यसैले, सुत्नुभन्दा दुई वा तीन घण्टाअघि दूध पिउने गर्दा फाइदा हुन्छ ।

हामीले गुलियो स्वादको लागि दूधमा चिनी मिसाएर पिउने गर्छौं । तर, यसरी दूधमा चिनी मिसाएर सेवन गर्दा हाम्रो शरीरमा जलन र अक्सिडेटिभ स्ट्रेसको समस्या देखा पर्नुका साथै यसको कारणले कोशिकाहरुलाई नोक्सान पनि र्पुयाउने गर्छ ।

यसले हाम्रो शरीरमा ब्लड सुगर मात्रा बढाएर उक्तरक्त चाप तथा मधुमेहको समस्या निम्त्याउन सक्छ । त्यसैले दूधको सेवन गर्दा चिनी हालेर सेवन गर्नु हुँदैन ।

jackson ribon