fbpx

गाउँले र डाँका समुहबीच झडप

महोत्तरी । महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले दुई घरमा डकैती गरेको छ । गए राति बर्दिवास नगरपालिका वडा नं ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो । वडा नं ७ का रामसुनर महतोे र वडा नं ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।लुटपाट गर्न आएका डाँका र स्थानीयबीच वडहरिखोलामा केहीबेर झडप भएको थियो । झडपमा तीन गाउँले घाइते भएका छन् ।

गाउँलेले डाँकाको समूहका एक सदस्यलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । स्थानीयले सर्लाही चन्द्रपुर नगरपालिकाका ४० वर्षीय देवनारायण कापडलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

भिडन्तमा परी स्थानीयवासी चन्देश्वर महतो, उनकी श्रीमती जेयवती देवी र २७ वर्षीय छोरा उमेश महतो घाइते भएका छन् । उनीहरुको बर्दिवास स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बढाथोकीले बताए । रासस

प्रतिक्रिया

Loading...