birat ribon

दिपक मनाङे नेकपामा प्रवेश

Neuro
दिपक मनाङे नेकपामा प्रवेश

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश सांसद राजीव गुरुङ नेकपामा प्रवेश गरेका छन् । दीपक मनाङे नामले परिचित गुरुङ नेकपा प्रवेश गरेका हुन् ।

cura insider

मनाङबाट प्रदेशसभा निर्वाचनमा बिजयी भएका गुरुङलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङले पार्टी प्रवेश गराएका हुन् ।

मनाङेलाई टीका लगाएर स्वागत गरेका मुख्यमन्त्री गुरुङले नेकपाको विधानमा हस्तान्तरण पनि गर्न लगाएका थिए । प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन अघि मनाङे नेकपा प्रवेश गरेका थिए ।  साेही बेला उनलाइ मनाङबाट टिकट दिने तयारी थियाे । तर गुन्डा नाइकेका नामले परिचित उनले नेकपाबाट टिकट पाएनन् । टिकट नपाएपछि मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी बिजयी भएका थिए ।

फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले लामो समय सपथ लिन पाएनन् । सर्वोच्च अदालतले थुनामा बस्नु नपर्ने बताएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

jackson ribon