birat ribon

कोपा अमेरिका : पेरु ४४ वर्षपछि फाइनलमा, उपाधिकालागि ब्राजिलसँग भिड्ने

Neuro
कोपा अमेरिका : पेरु ४४ वर्षपछि फाइनलमा, उपाधिकालागि ब्राजिलसँग भिड्ने

विराटनगर । साबिक बिजेता चिलीलाई पराजित गर्दै पेरु ४४ वर्षपछि कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिका २०१९ को दोस्रो सेमिफाइनल खेलमा साविक विजेता चिलीलाई ३–० गोल अन्तरले पराजित गर्दै पेरू फाइनलमा प्रवेश गरेकाे हाे ।

४४ वर्षपछि पेरुफाइनलमा पुग्दा एडिसन फ्लोरेस,योशीमार योतुन र पाउलाे गुरेराेले गोल गरे । पेरुले सन् १९३९ र सन् १९७५ को कोपा अमेरिका जितेको थियो ।  सन् २०१५ मा तेस्रो भएको पेरुले ४४ वर्षपछि फाइनल सम्मको यात्रा तय गरेको हो ।

cura insider

खेलको २१ औं मिनेटमा पेरुले अग्रता लिएको थियो । आन्द्रे क्यरिलो पासलाई एडिसन फ्लोरेसले गोल गरेका थिए । खेलको ३८ औं मिनेटमा पेरुकालागि योशीमार योतुनले अग्रता दोब्बर पारे ।

चिलीका गोलरक्षक अरियासले पोष्ट बाहिर रहेको अवस्थामा क्यारिलोको लामो पासलाई योतुनले  गोल गरेका थिए ।  इन्जुरी समयमा पाउलाेले गाेल गर्दै अग्रता तेब्बर बनाए । लगत्तै चिलीले पेनाल्टी पाएकाे थियाे । तर गाेल गर्न एडुआर्डो भार्गास चुकेपछि चिली ३–० ले पराजित भएकाे हाे ।

पेरुले फाइनलमा ब्राजिलको सामना गर्नेछ । ब्राजिलले अर्जेन्टिनालाइ पराजित गर्दै फाइनल प्रवेश गरेकाे थियाे ।

jackson ribon