birat ribon

काेपा अमेरिका : पहिलाे हाफ साबिक बिजेता चिली २–० ले पछाडी

Neuro
काेपा अमेरिका : पहिलाे हाफ साबिक बिजेता चिली २–० ले पछाडी

विराटनगर । काेपा अमेरिका फुटबलमा पेरू र साबिक बिजेता चिलीबीचकाे  दाेस्राे सेमिफाइनल खेल जारी छ । बिहिवार बिहान ६ बजेबाट सुरू प्रतियाेगिताकाे पहिलाे हाफमा साबिक बिजेता चिली २–० गाेल अन्तरले पछि परेकाे छ ।

cura insider

पेरूले खेलकाे २१ र ३८ औं  मिनेटमा गाेल गर्दै पहिलाे हाफमा नै अग्रता दाेब्बर बनाएकाे छ । पेरूकालागि २१ औं मिनेटमा इडिसन फाेलेसले गाेल गरेका थिए । ३८ औं मिनेटमा यसिमारले गाेल गरे ।

दुवै गाेलमा असिस्ट भने क्यारिलाेले गरेका थिए । दाेस्राे गाेलमा चिलीका गाेल रक्षक अघि बढेकाे अवस्थामा यसिमारे गाेल गरेका थिए । अाजकाे खेलकाे बिजेताले उपाधिकालागि घरेलु टाेली ब्राजिलसँग प्रतिस्पर्धा गर्ने छ ।

jackson ribon