birat ribon

महिला विश्वकप : नेदरल्यान्ड्स फाइनलमा प्रवेश, उपाधिकालागि अमेरिकासँग भिड्ने

Neuro
महिला विश्वकप : नेदरल्यान्ड्स फाइनलमा प्रवेश, उपाधिकालागि अमेरिकासँग भिड्ने

एजेन्सी । नेदरल्यान्ड्स फ्रान्समा जारी महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्विडेनमाथी १–० को कठिन जित निकाल्दै नेदरल्यान्ड्स फाइनलमा प्रवेश गरेको हो ।

cura insider

निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि थप गरिएको अतिरिक्त समयको ९९ औं मिनेटमा ज्याकी ग्रोएनले गोल गरिन । जितसँगै नेदरल्यान्ड्स पाँचौ पटक महिला विश्वकपको फाइनल प्रवेश गरेको हो ।

नेदरल्यान्ड्सले अब उपाधिका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । स्विडेनले आफ्नो चौथो सेमिफाइनल खेलेको थियो । स्विडेनले तेस्रो स्थानको लागि ईङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

jackson ribon