birat ribon

विश्वकप क्रिकेट : इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गर्दा पाकिस्तानलाई झड्का

Neuro
विश्वकप क्रिकेट : इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गर्दा पाकिस्तानलाई झड्का

विराटनगर । आइसीसी विश्वकपमा न्युजिल्यान्डलाई पराजित गर्दै आयोजक राष्ट्र इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ । उपाधि दाबेदार मानिएको न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

cura insider

इंग्ल्यान्ड सेमिफाइनल प्रवेश गर्दा पाकिस्तानको अन्तिम चारमा पर्ने सम्भावना कमजोर बनेको छ । न्युजिल्यान्डले इंग्ल्यान्डलाई पराजित गरेको भए पाकिस्तानको सेमिफाइनल प्रवेशको सम्भावना थियो । तर इंग्ल्यान्ड बिजयी भएपछि पाकिस्तानको सम्भावना लगभग समाप्त भएको हाे ।

३०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले खराब प्रदर्शन गर्दै ४५ ओभरमा सबै विकेटको क्षतिमा १८६ रन बनाएको थियो । न्युजिल्यान्डका लागि टोम नाथमले ५७ रन बनाउँदा रोस टायलरले २८ र कप्तान केन विलियम्सनले २७ रनको योगदान दिए । एक रन हुँदा पहिलो विकेट गुमाएको न्युजिल्यान्डले १४ रन हुँदा दोस्रो विकेट गुमाएको थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेटको क्षतिमा ३०५ रन बनाएको थियो । इंग्ल्यान्डका लागि जोनी बैरस्टोव र ज्यासन रोयले उत्कृष्ट प्रदर्शन गर्दै १२३ रनको साझेदारी गरे । जोनीले ९९ बलमा १५ चौक र एक छक्का प्रहार गर्दै १०६ रन बनाए । त्यस्तै रोयले ६० रन बनाए ।

जितसँगै इंग्ल्यान्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाउँदा पराजित न्युजिल्यान्ड पनि सेमिफाइनल नजिक छ । न्युजिल्यान्डले पाकिस्तान र बंगलादेशबीचको खेलको नतिजा कुर्नु पर्नेछ ।

jackson ribon