birat ribon

खेलकुद विकास समिति अध्यक्षमा तीन आकांक्षी, कस्ले मार्ला बाजी ?

Neuro
खेलकुद विकास समिति अध्यक्षमा तीन आकांक्षी, कस्ले मार्ला बाजी ?

विराटनगर ।

cura insider

मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल अन्तिम समयमा आइपुग्दा तीन जना आकांक्षी अध्यक्ष पदको दाबी गर्न थालेका छन् । नयाँ नेतृत्वको लागि अहिले आकांक्षीहरुले लविङ तिब्र बनाएका छन् ।

२८ असारमा अमात्यको कार्यकाल सकिने भएपछि अध्यक्षमा नेकपा समर्थित नै मनोनित हुने भएपछि हालका कोषाध्यक्ष सुजय गौतम सहित सदस्य लक्ष्मण पोखरेल र रोहित कोइराला अध्यक्षको दौडमा छन् ।
यी सँगै नेकपा मोरङका नेता सन्तोष वान्तवाको नाम पनि चर्चामा छ । वान्तवाले अघिल्लो पटक नै अध्यक्षमा आकांक्षा राखेपनि अहिले भने समयदेखि खेलकुदका विभिन्न क्षेत्रमा सक्रिय रहेका रोहित कोइरालाले अध्यक्षको आकांक्षा राखेपछि उनलाई समर्थन गर्दै पछि हट्ने मनस्थितीमा छन् ।
प्रदेश १ मा सञ्चालन भइरहेको मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको आयोजक समिति सदस्य तथा मिडीया को–अर्डिनेटरको भूमिका निर्वाह गरिरहेका कोइराला विराटनगरको सिएमजी स्वस्थ क्लवका उपाध्यक्ष हुन् । जुन क्लव विराटनगरमा सम्पन्न साफ उमेन्स च्याम्पीयनसीपमा सरसफाई अभियान संचालन गरेर चर्चामा आएको थियो । सो अभियानको नेतृत्व कोइरालाले नै गरेका थिए । उनी उपाध्यक्ष रहेको क्लवले पूर्वाञ्चल क्षेत्रकै चर्चित भेट्रान फुटबल प्रतियोगिता पनि सञ्चालन गर्दै आएको छ । विद्यार्थी जीवनदेखि नै खेलकुदमा कृयाशिल कोइराला खेलकुदका गतिविधिमा निकै सक्रिय मानिन्छन् । उनी आफैपनि फुटबल खेलाडि हुन् । कोइराला पार्टीभित्र ओली गुटका नजिक छन् ।

यस्तै हालका कोषाध्यक्ष गौतम र अखिलको राजनितिबाट सक्रिय हुँदै आएका पोखरेल भने पूर्व एमालेभित्र माधव कुमार नेपाल निकट हुन् । दुबैले जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदकालागि नेताहरुसँग लविङ गरिरहेका छन् । पोखरेल वर्तमान समितिमा सवैभन्दा सक्रिय सदस्यका रुपमा चिनिन्छन् ।

यद्यपी पार्टी स्रोतका अनुशार आकांक्षीमध्ये कोइरालाको पक्षमा पार्टीका नेताहरु छन् । नेकपाभित्रका पूर्व माओवादी र पूर्व एमाले दुवै तर्फका नेताहरु उनको पक्षमा रहेको पार्टी स्रोतले जनाएको छ । तर कोषाध्यक्षको भुमिका राम्रोसंग निर्वाह गरेका गौतमलाई पनि पार्टीले पाखा लगाइहाल्न सक्ने स्थिति भने छैन् । पाका र खेलकुद क्षेत्रसंग नजिक रहेका गौतम पनि बलियो दावेदारका रुपमा रहेका छन् ।

jackson ribon