fbpx

बेरोजगारका लागि प्रदेश सरकारको रोजगार मेला

विराटनगर। प्रदेश नं १ प्रदेश सरकारले असार २८ गते प्रदेश स्तरीय रोजगार मेलाको आयोजना गर्ने भएको छ ।  सामाजिक विकास मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरि रोजगारमेला सम्बन्धी सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

रोजगारका लागि १ हजार २ सय माग आएको छ । बेरोजगार जनशक्ति र रोजगारदाताबीच पुलको काम गर्न प्रदेश सरकारले पहिलो पटक गर्न लागको रोजगार मेलामा विभिन्न रोजगारदाता उद्योग, व्यवसाय र संघसंस्थाबाट १ हजार २ सय माग आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले यो बेरोजगार जनशक्ति र रोजगार दाता दुबैलाई एक ठाँउमा भेला पारेर क्षमता अनुसारको रोजगारी दिन मेला आयोजना गर्न लागिएको बताए ।

मेलामा रोजगार दाताले रोजगारीको घोषणा गर्ने र वेरोजगारले आवेदन भरी आफ्नो सीप र क्षमता अनुसारको रोजगारी पाउँने छन् । रोजगारी पाएकालाई असार २८ गते श्रम तथा समाजकल्याण मन्त्रि गोकर्ण विष्टले प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।

शिक्षा, स्वास्थ्य, मेकानिक, विजुली, लेखा, होटललगायत प्रशासनिक कामका लागि अनलाइनबाट असार २४ गतेसम्म आवेदन फारम भर्न सकिने मन्त्रालयले जनाएको छ ।

Loading...