birat ribon

‘सानो मन’ को शीर्ष गीत कन्टेस्ट, जित्नेले रोहित जोनसँग गाउने मौका

Neuro
‘सानो मन’ को शीर्ष गीत कन्टेस्ट, जित्नेले रोहित जोनसँग गाउने मौका

काठमाडौं,
फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मका कलाकार तथा निर्माण टिम फिल्मको प्रचार प्रसारको लागि व्यस्त हुने गर्छन् । प्रचार प्रसार गर्ने क्रममा फिल्मको निर्माण टिमले अनेकौँ उपायहरु अपनाउने गरेको पनि पाइन्छ । यस्तै क्रममा असर २७ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्म ‘सानो मन’ को निर्माण टीमले प्रचार प्रसारका लागि नयाँ उपाय अपनाएको छ ।

cura insider

म्यूजिकल लभ स्टोरीमा आधारित भएको यस चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान लगाइएको छ । फिल्मको प्रचार प्रसार गर्ने क्रममा निर्माण टिमले एक कन्टेस्टको घोषणा गरेको छ । म्यूजिकमा आधारित भएको कारणले म्युजिक कन्टेस्ट राखेको छ । यस चलचित्रको शिर्ष गीतलाई गएर भिडियो पठाउने मध्ये उत्कृष्ट एक जनाले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउन पाउने छन् ।

र, उक्त गीतको भिडियोलाई पनि ‘सानो मन’ टीमले निर्माण गर्ने भएको छ । निर्णायकमा गायक क्षेत्री आफै हुने भएका छन् । युट्युबमा यस गीतको भिडियोलाई दर्शकले निकै रुचाए पछि निर्माण टिमले उक्त कन्टेस्टको घोषणा गरेका हुन् । नयाँ प्रतिभालाई प्रोत्साहन गर्नका लागि यस कन्टेस्टको घोषणा गरिएको निर्माण टिमले बताएका छन् ।

शिर्ष गीतमा रोहित जोन क्षेत्रीको स्वर,स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङ्गले संगीत भरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको कथामा बनेको यस फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्केका साथ गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको देख्न सकिन्छ ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मलाई काठमाडौं, भैरहवा, थाईल्याण्ड, हङकङ र मकाउमा छायांकन गरिएको हो । योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरको सहकार्यमा निर्माण गरिएको फिल्मलाई आलोक शुक्लले छायांकन गरेका छन् भने सुयोग गुरुङ र मिलन श्रेष्ठले संयुक्त रुपमा मिलेर फिल्मलाई सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=IViF_GvPZz8

jackson ribon