birat ribon

‘मेस्सीले रोनाल्डो नै उत्कृष्ट खेलाडी भएको प्रमाणित गरे’

Neuro
‘मेस्सीले रोनाल्डो नै उत्कृष्ट खेलाडी भएको प्रमाणित गरे’

एजेन्सी,
क्लबका लागि उपाधिको चाङ लगाएको तर आफ्नो लागि केही गर्न नसकेको आरोप लाग्दै आएका अर्जेन्टिनी कप्तान लियोनल मेस्सी यसपटक पनि निराश भएका छन् । क्लब फुटबलमा प्रभावशाली मानिने ३२ वर्षीय मेस्सीको टोली अर्जेन्टिना कोपा अमेरिका कपबाट बाहिरिएसँगै मेस्सी निराश बनेका हुन् ।

cura insider

चार खेल खेल्दा मात्र एक गोल गरेपनि मेस्सी कोपा अमेरिकाको सेमिफाइनलमा पुग्दा समर्थकले उनीबाट निकै आशा गरेका थिए । यसपटक चाँहि मेस्सीले कोपा अमेरिकाको उपाधि दिलाउँदै राष्ट्रका लागि केही गर्न सक्लान् भन्ने उनका समर्थकले सोचेका थिए । तर, यसअघि फाइनलसम्म पुग्दै आएको अर्जेन्टिना सेमिफाइनलबाटै बाहिरिएपछि थप आलोचित बनेका छन् ।

मेस्सीलाई लिएर ट्रोलरहरूले ट्रोल गर्न सुरु गरिसकेका छन् । मेस्सीले रोनाल्डो नै उत्कृष्ट खेलाडी भएको प्रमाणित गरेको भन्दै ट्रोल सुरु गरेका छन् । यस्तै उनीरूले अब मेस्सी र रोनाल्डोबीचको तुलना सकिएको पनि भनेका छन् ।

मेस्सीले हालसम्म अर्जेन्टिनाका लागि अन्र्तराष्ट्रिय उपाधि जित्न सकेका छैनन् । तर, लामो समयदेखि स्पेनिस क्लब बार्सिलोनाबाट सफलता हात पार्दै आएका छन् । अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुगेको थियो । तर, जर्मनीसँग पराजित भएपछि पुनः निराश भएको थियो ।

यस्तै, जारी कोपा अमेरिकामा अपेक्षित प्रदर्शन गर्न नसकेपछि उत्कृष्ट बन्ने मौका गुमाएको ट्रोलरहरूले उल्लेख गरेका छन् । तर, उनका प्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डोले भने आफ्नो राष्ट्र पोर्चुगललाई सन् २०१६ मा युरोको उपाधि दिलाए भने यसै सिजन नेशन्स लिगको उपाधि दिलाएका छन् ।

यसैको आधारमा केही फ्यानहरूले मेस्सीभन्दा रोनाल्डो राम्रो खेलाडी भएको आफ्नो धारणा राखेका छन् । मेस्सी निराश भएको र रोनाल्डोले नेशन्स लिगको उपाधि बाकेको एक फोटो सार्वजनिक गर्दै केही फ्यानले रोनाल्डो र मेस्सीबीचको तुलना सकिएको बताएका छन् ।

‘यहाँबाट नै म मेस्सी र रोनाल्डोबीचको तुलना सक्छु,’ एक फ्यानले लेखेका छन्, ‘यदि, रोनाल्डो मेस्सीको स्थानमा र हुन्थे भने उनले आफ्नो राष्ट्रका तर्फबाट चारपटक कोपा अमेरिकाको उपाधि जितिसक्थे ।’

jackson ribon