birat ribon

अण्डाको पहेँलो भाग खाँदा धेरै फाइदा हुन्छ कि सेतो भाग ?

Neuro
अण्डाको पहेँलो भाग खाँदा धेरै फाइदा हुन्छ कि सेतो भाग ?

अण्डामा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरु निकै पाइने गर्छ । एउटा सिङ्गै अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ । सेतो भागमा सेलेनियम, भिटामिन ’डी’, भिटामिन ’बी ६’, भिटामिन ’बी १२’, जिंक, आइरन र कपर जस्ता खनिज पदार्थहरु पाइन्छ । त्यस्तै अण्डाको पहेँलो भागमा भिटामिन ’बी ६’, ’बी १२’, ’ए’, ’डि’, ’इ’ र ’के’ का साथै क्याल्सियम, म्याग्नेसियम, आइरन र सेलेनियम पाइन्छ ।

cura insider

तर, हरेक पल्ट अण्डाको सेता वा पहेँलो भागमा कुन खाने भन्ने विषयमा प्रश्न आउछ, हामीहरु मध्ये कसैले सेतो भन्छौं त कसैले पहेंलो भन्छौं । अण्डामा भएको पहेंलो र सेतो भागको आ(आफ्नै महत्वपूर्ण भूमिका हुन्छ । हामीले हाम्रो शरीरमा कुन तत्वको मात्रामा कमि भएको छ त्यो हेरेर हामीले अण्डाको सेतो भाग खाने कि पहेंलो भाग खाने भनेर छुट्याउनु पर्छ ।

अण्डामा पाइने आइरनको ९३ प्रतिशत पहेँलो भागमा हुने गर्छ भने बाँकी रहेको ७ प्रतिशत मात्र सेतो भागमा हुन्छ । अण्डाको पहेंलो भागमा पाइने केरो टिनोइड्सले हाम्रो आँखालाई राम्रो गर्छ । यसले एन्टिअक्सिडेन्डको रुपमा काम गरेर हाम्रो आँखाको रेटिनालाई सुरक्षित राख्न मद्दत गर्छ । साथै यसको सेवनले शरीरमा भएको जलनलाई समेत कम गर्छ ।

पहेंलो भागमा हुने स्याचुरेटेड फ्याट र कोलेस्टेरोलले शरीरको कोलेस्टेरोलको स्तर बढाएर हृदयघातको प्रवलता बढाउन सक्छ । अण्डाको सेतो भागले १७ क्यालोरी शक्ति दिन्छ भने पहेँलो भागले झण्डै ५५ क्यालोरी शक्ति दिने गर्छ । सेतो भागमा फ्याट हुँदैन र थोरै क्यालोरिले हामीलाई धेरै प्रोटिन दिने गर्छ । बडी मसल्स बनाउन र तौल बढाउनका लागि अण्डाको सेतो भागको सेवन निकै फाइदाजनक हुन्छ ।

सेतो भागमा पाइने पोटासियमले ब्लड प्रेसर सन्तुलनमा राख्नुका साथै ‘रिबोफ्भिन’नामक भिटामिनले माइग्रेनलाई पनि कम गर्न मद्दत गर्छ । तर, अण्डाको सेतो भागले भन्दा पनि पहेँलो भागले हामीलाई बढी पौष्टिकता दिने गर्छ । क्यालोरी बढाउनका लागि हो भने पहेँलो भाग नत्र स्वास्थ्य प्रति चेतनशील हुनेहरुले भने अण्डाको सेतो भाग खानु उचित हुन्छ ।

नियमित रुपमा अण्डा खानाले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र थाइराइड हर्मोनलाई पनि नियमित पार्दछ । स्वस्थ छाला, कपाल, आँखा र कलेजोका लागि पनि अण्डा खानु आवश्यक हुन्छ ।

jackson ribon