birat ribon

मेस्सीसँगै अर्जेन्टिनाका कोचले पनि भने– ‘मलाई रेफ्री मन परेन’

Neuro
मेस्सीसँगै अर्जेन्टिनाका कोचले पनि भने– ‘मलाई रेफ्री मन परेन’

एजेन्सी,
४६औं संस्करणको कोपा अमेरिकाबाट बाहिरिएपछि अर्जेन्टिनी खेलाडी तथा प्रशिक्षकहरू रेफ्रीविरुद्ध धमाधम आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दैछन् । पहिलो सेमफिाइनलमा आयोजक राष्ट्र ब्राजिलसँग हार्दै कोपाबाट बाहिरिएपछि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पनि रेफ्रीविरुद्ध आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

cura insider

यसअघि अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीले पनि रेफ्रीलाई आलोचना गरेका थिए । उनले खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रेफ्रीका सबै निर्णय ब्राजिलको पक्षमा रहेको आरोप लगाएका थिए ।

यसैगरी, अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले पनि आफूलाई रेफ्री मन नपरेको बताएका छन् । उनले मिडियासँगको कुराकानीमा आफूलाई रेफ्रीको निर्णय मन नपरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘मलाई रेफ्रीहरू मन परेनन् । उनीहरू खेल खेलाउन लायक रेफ्री होइनन् । उनीहरूले प्रायः ब्राजिलकै पक्षमा फैसला लिएका छन् । त्यसरी एकपक्षीय खेल कदापी खेलाउन हुँदैन ।’

प्रशिक्षक स्कालोनीले दोस्रो गोल रेफ्रीका निर्णयका कारणले भएको आफ्नो धारणा राखेका छन् । उनले भनेका छन्, ‘सम्भवतः दोस्रो गोल नहुने थियो । तर, रेफ्रीले सर्जियो अगुएरो लडेपनि वास्ता गरेनन् । उनी लडेपछि रेफ्रीले फल दिनुपथ्र्यो । या, खेल रोक्नुपर्थ्यो ।’

अब अर्जेन्टिनाले आज हुने दोस्रो सेमिफाइनलको उपविजेता टोलीसँग तेस्रो स्थानका लागि खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान हुनेछ, जहाँ चिली र पेरुले प्रतिस्पर्धा गर्दैछन् । तेस्रो स्थानका लागि हुने खेल शनिबार राति १२ः४५ बजेबाट हुनेछ ।

jackson ribon