birat ribon

कोपा अमेरिका : फाइनलमा ब्राजिलसँग भेट गर्ने लक्ष्यका साथ चिली र पेरु भिड्दै, को पुग्ला फाइनलमा ?

Neuro
कोपा अमेरिका : फाइनलमा ब्राजिलसँग भेट गर्ने लक्ष्यका साथ चिली र पेरु भिड्दै, को पुग्ला फाइनलमा ?

विराटनगर,
ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका कपअन्तर्गतको दोस्रो सेमिफाइनल खेल बिहीबार हुँदैछ । नेपाली समयअनुसार बिहीबार बिहान ६ः१५ बजेबाट सुरु हुने उक्त खेलमा चिली र पेरुले प्रतिस्पर्धा गर्दैछन् ।

cura insider

डिफेन्डिङ च्याम्पियनसमेत रहेको चिली र पेरुबीचको खेल एरिना डी ग्रेमियोमा हुनेछ । जहाँ, दुवै टोली एक–अर्कालाई हराउँदै फाइनल पुग्ने योजनामा छन् । जारी प्रतियोगिताअन्तर्गत चिली कोलम्बियालाई पेनाल्टीमा पाखा लगाउँदै सेमिफाइनमा स्थान बनाउन सफल भएको ।

यस्तै चिलीको प्रतिद्वन्द्वी टोली पेरुले भने कोपा अमेरिकाको सफल टोली उरुग्वेलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पेरुले पनि उरुग्वेविरुद्ध पेनाल्टी सुटआउटमा नै जित निकालेको हो ।

यी दुईबीचको विजेता टोलीले उपाधिका लागि आयोजक राष्ट्र ब्राजिलसँग खेल्नेछ । ब्राजिल बुधबार बिहान भएको खेलमा अर्जेन्टिनामाथि २–० को जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

यसैगरी यी दुईबीचको उपविजेता टोलीले अर्जेन्टिनासँग तेस्रो स्थानका लागि खेल्नेछ । तेस्रो स्थानका लागि हुने खेल शनिबार राति १२ः४५ बजेबाट हुनेछ । यस्तै फाइनल खेल भने सोमबार हुनछ ।

jackson ribon