birat ribon

विश्वकप क्रिकेट : सेमिफाइनलमा पुग्ने योजनामा न्यूजिल्याण्ड र इंग्ल्याण्ड

Neuro
विश्वकप क्रिकेट : सेमिफाइनलमा पुग्ने योजनामा न्यूजिल्याण्ड र इंग्ल्याण्ड

विराटनगर,
इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको आईसीसी एकदिवसीय क्रिकेटमा आज न्यूजिल्याण्डले आफ्नो नवौं खेल खेल्दैछ । नेपाली समयअनुसार सवा ३ बजेदेखि सुरु हुने उक्त खेलमा न्यूजिल्याण्डले आयोजक राष्ट्रय इंग्ल्याण्डसँग खेल्न लागेको हो ।

cura insider

म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्डमा हुने उक्त खेलमा दुवै टोली सेमिफाइनलका लागि लड्नेछन् । न्यूजिल्याण्ड र इंग्ल्याण्डले आज एक अर्कालाई हराउँदै सेमिफाइनल पुग्ने लक्ष्य लिएका छन् ।

जारी विश्वकपको अंकतालिकामा न्यूजिल्याण्ड तेस्रो तथा इंग्ल्याण्ड चौथो स्थानमा छन् । न्यूजिल्याण्डले ८ खेलबाट ११ अंक बनाएको छ भने समान ८ खेल खेलेर घरेलु टोलीले १० अंक बनाएको छ ।

आजको खेलमा दुवै टोली गर या मरको अवस्थामा छन् । दुवै टोलीको यो अन्तिम लिग खेल भएका कारण दुवैलाई सेमिफाइनलका लागि जित्नै पर्ने दबाब छ । दुवै टोलीका लागि हार महंगो पर्नेछ ।

jackson ribon