birat ribon

गर्मीमा फ्रिजको भन्दा माटोको भाँडामा राखेको पानी पिउनुका फाइदाजनक

Neuro
गर्मीमा फ्रिजको भन्दा माटोको भाँडामा राखेको पानी पिउनुका फाइदाजनक

गर्मीको मौसम सुरु भएसंगै हाम्रो शरीरमा अत्यधिक पसिना आउने हुने गर्छ जसको कारणले हाम्रो शरिरमा पानीको मात्रा पनि कम हुने गर्दछ। यस मौसममा शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको पाइन्छ । गर्मीमा मानिसहरु विभिन्न पेय पदार्थ र शरीरलाई शितलता प्रदानगर्ने खाने कुराहरु धेरै खाना रुचाउने गर्दछन् ।

cura insider

आजकल धेरैजसो मानिसहरुको घरमा पानी सफा गर्नका लागि फिल्टरको प्रयोग गरिन्छ । साथै मानिसहरूलाई प्रायस् फ्रिजको चिसो पानी पिउन मन पर्छ । तर, सधै सधै फ्रिजको पानी पिउँदा हाम्रो शरीरलाई हानि र्पुयाउन सक्छ । धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी हाम्रो घाँटी र जोर्नीमा असर गर्ने गर्छ । फ्रीजको अत्यधिक चिसो पानी पिउँदा घाँटी दुख्नुका साथै टन्सिल समेत हुने डर हुन्छ ।

यसरी सधै फ्रिजको चिसो पानी खाएमा हाम्रो शरीरको तापक्रममा पर्न गई हाम्रो शरीरलाई उत्तेजित गराएर मुटुलाई असर गरेर मुटुको धड्कन पनि कम गराउने गर्छ । पहिलेको जमानामा फिल्टर र फ्रिज हुदैन थिए, त्यहि भएर मानिसहरूले माटोको भाँडोमा पानी राख्ने गर्थे । माटोको भाँडोमा राखेको पानी सफा हुने भएको कारणले फिल्टरको र पानी पनि चिसो हुने भएको कारणले फ्रिजको प्रयोग पनि जरुरि हुदैन ।

यसका साथ साथै माटोको भाँडोको पानी पिउँदा स्वास्थ्यलाई पनि फाइदा पुग्ने गर्छ । माटाको भाँडो प्रयोग गरियो भने बिजुलीको खपत कम हुन्छ, पैसा वचत हुन्छ । दिउँसो बाहिर घाममा हिडेर घर आएपछि चिसो पिउन मन लागेको बेलामा हामी फ्रीज खोल्छौं र चिसो पानी पिउने गर्छौं । तातो शरीरमा अत्यन्त चिसो पानी पिउँदा हाम्रो घाटीमा समस्या आउन धेर समय लाग्दैन ।

माटोको भाँडोमा राखेको पानी पिउँदा यस्तो समस्या हुँने गर्दैन । माटोमा रोगसँग लड्ने विभिन्न क्षमताहरू हुन्छ । त्यसैले त पहिले मानिसहरू माटोको भाँडोमा पानी राख्ने गर्थे र सधै निरोगी हुन्थिए । फ्रीजमा पानी चिसो राख्नका लागि प्लास्टिकका बोतलहरुको प्रयोग गरिने हुन्छ । प्लास्टिकका भएका अशुद्धिहरू बोतलमा भएको पानीमा जम्मा हुन पुग्छन् र पानीलाई प्रदुषित गरिरहेको हुन्छन ।

यसले धेरै थरीका रोगहरु जन्माउनका साथै हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ । त्यसैले हामीले , फ्रिजको साटो माटोको भाँडोमा पानी राख्ने गर्नुपर्छ । माटोको भाडामा अशुद्ध पदार्थलाई शुद्ध गर्ने गुण भएको कारण यसले पानीमा भएको विशाक्त पदार्थलाई सोचेर अशुद्धिहरूलाई नाश गर्छ र शरीरका लागि आभदायक खनिज तत्व प्रदान गर्छ । माटाको भाँडामा राखिएको पानी हाम्रो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ ।

शरीरलाई विषाक्त पदार्थबाट मुक्त बनाई प्रतिरक्षा प्रणाली बलियो बनाउन पनि माटाको भाँडामा राखिएको पानीले सहयोग गर्छ । माटाको तत्व र पानीको तत्व मिलेर उचित पीएच ब्यालेन्स निर्माण गर्छ जसले हाम्रो शरीरलाई कुनै प्रकारको हानी हुन दिँदैन । र, शरीरको प्राकृतिक सन्तुलन पनि बिगार्दैन । यसले हाम्रो शरीरमा टेस्टोस्टेरोन हर्मोनको स्तर बढाउनुको साथै पाचन प्रक्रियालाई सक्रिय गर्दै एसिडिटी तथा कब्जियतको समस्याबाट हामीलाई मुक्त गराउँछ

jackson ribon