birat ribon

समाजसेवा सँगसँगै धुर्मुस र सुन्तलीको नयाँ फिल्म ‘सेन्टी भाइरस’ निर्माण

Neuro
समाजसेवा सँगसँगै धुर्मुस र सुन्तलीको नयाँ फिल्म ‘सेन्टी भाइरस’ निर्माण

विराटनगर,
चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा लामो समय ‘धुर्मुस(सुन्तली’ को भूमिका मार्फत् दर्शकको मन जितेका सिताराम कट्टेल र कुञ्जना घिमिरे फिल्मको निर्माण कार्यलाई अगाडी बढाउन लागेका छन् । वि.सं २०७२ को विनाशकारी महाभूकम्प पछि समाजसेवामा लागेका यी दुईले नेपालको चार ठाउँमा नमुना बस्ती निर्माण गरिसकेका छन् ।

cura insider

उनीहरु हाल भरतपुरमा अन्तर्रा्ष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा जुटिरहेका छन् । समाजसेवाका कारण टेलीसिरियल र फिल्मको अभिनयबाट निस्किएका यी जोडीलाई चलचित्रकर्मी र दर्शकहरुको निरन्तर आग्रह पश्चात् दुईले फेरी फिल्म निर्माण गर्ने सोच बनाएका छन् । सितारामले गत वर्ष आफ्नो जन्मदिनमा फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारी गरेका थिए । तर, निर्देशक र कलाकारहरु फाइनल नभएका कारण फिल्मको घोषणा गरिएन ।

फिल्मको स्क्रिप्ट लेखनको सुरुवातमा फिल्मको नाम ‘एन्टी भाइरस’ राखिएको थियो । पछि ज्योतिषीले फिल्मको निर्माण टिमलाई फिल्मको नाम ‘एस’ बाट जुराउन सल्लाह दिएपछि फिल्मको नाम परिवर्तन भएर ‘सेन्टी भाइरस’ हुने भएको छ । यसअघि कुञ्जना आफैले यस फिल्मलाई निर्देशन गर्ने चर्चा भएको फिल्ममा ’कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले गर्ने भएको कुरा सार्वजनिक भएको छ ।

केही दिन अगाडि सिताराम र कुञ्जनाले निर्देशकको रुपमा फिल्ममा रामबाबुलाई अनुबन्ध गरेको जानकारी प्राप्त भएको छ । निर्देशक रामबाबुले आफ्नो सबै प्रोजेक्ट भ्याएपछि मात्र यो फिल्म गर्ने सम्झौता गरेका छन् । यस विषयमा निर्माण टिमले कुनै पनि जानकारी सार्वजनिक गरेको छैन । फिल्ममा धुर्मुस र सुन्तलीको प्रमुख भूमिका रहने भएको छ ।

उनीहरुका साथै फिल्मको लिड रोलमा अभिनेता प्रदीप खड्कालाई अफर गरिएको छ । तर, प्रदीप अहिले आफ्नो नयाँ फिल्म ’प्रेम गीत ३’मा ब्यस्त भएको कारणले फिल्म गर्ने वा नगर्ने तय गर्न सकेका छैन । फिल्मको कलाकार र टिम फाइनल भए पछि निर्माण टिमले फिल्मको औपचारिक घोषणा गर्ने भएको छ ।

jackson ribon