birat ribon

‘कवीर सिंह’ हिट भएलगत्तै शाहिदले बढाए आफ्नो पारिश्रमिक

Neuro
‘कवीर सिंह’ हिट भएलगत्तै शाहिदले बढाए आफ्नो पारिश्रमिक

विराटनगर,
२१ जूनमा रिलिज भएको शाहिद कपूर अभिनीत फिल्म ‘कवीर सिंह’ ले बक्स अफिसमा हालसम्म १ सय ८० करोड भन्दा बढीको व्यापार गर्न सफल भएको छ । यो शाहिदको करिअरको सबैभन्दा ठूलो हिट फिल्म बन्न सफल भएको छ । शाहिद र अभिनेत्री कियारा आडवाणीको मुख्य भूमिका रहेको यस फिल्म हलमा अझै सम्म पनि हाउसफुल चलिरहेको छ । फिल्मले २०० करोड क्लबमा प्रवेश गर्ने पक्का छ ।

cura insider

फिल्म ‘कबीर सिंह’ तेलुगू फिल्म ’अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । ओरिजनल भन्दा पनि रिमेक फिल्मले धेरै कमाएको छ । ‘कबीर सिंह ’को सफलता पछि शाहिदको खुशीको सीमा रहेको छैन । फिल्मले हरेक दिन नयाँ नयाँ रेकर्ड कायम गर्दै आएको छ । शाहिदले ‘कबीर सिंह’ को प्रमोसनको क्रममा उनले आफूसँग फिल्म नभएको र यो फिल्मपछि खाली रहेको बताएका थिए । ‘

कबीर सिंह’ को बम्पर सफलता पछि बलिउड इन्डस्ट्रीमा अचानक शाहिदको डिमान्ड बढी रहेको छ । उनलाई कयौं ठूला ब्यानरबाट निर्माण हुन लागेको फिल्मको अफरहरु आउन थालेको छ । केहि वर्ष अगाडी सम्म फिल्मको कमीका कारण लामो समय देखि खाली र तनाबमा रहेका शाहिदको फिल्म ‘कबीर सिंह’ले सफलता हासिल गरेपछि आफ्नो पारिश्रमिक दोब्बर बढाउने फैसला गरेका छन् ।

यसअघि उनले एक फिल्ममा १० देखि १२ करोडसम्म पारिश्रमिक लिने गरेका थिए । भारतीय मिडियाका अनुसार हालै उनले एक फिल्ममा अभिनय गर्नका लागि २१ करोड लिएको चर्चा चेलेको छ । तर, कुन फिल्मका लागि लिएको भनेर खबर सार्वजनिक भएको छैन । शाहिदले अब बाट एक फिल्मका लागि २१ करोड पारिश्रमिक भन्दा तल काम नगर्ने मनस्थितिमा बनाएका छन् ।

jackson ribon