एजेन्सी,
ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका कपमा उपाधि दाबेदार मानिएको टोली अर्जेन्टिनाले हार ब्यहोरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना आयोजक राष्ट्र ब्राजिलसँग २–० गोल अन्तरले पराजित भएको हो ।
यस हारपछि अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) विरुद्ध खनिएका छन् । यसअघि ब्राजिलको मैदान लाजमर्दो भएको आरोप लगाउँदै आएका मेस्सीले कोपाका रेफ्री रोड्डी जाम्ब्रानोविरुद्ध रिस पोखेका हुन् ।
खेलपछि अन्तर्वाता दिँदै मेस्सीले भनेका छन्, ‘ब्राजिल हामीभन्दा राम्रो थिएन । पहिलो गोल उनीहरूले सहजै गरे । तर, दोस्रो गोल गर्नका लागि उनीहरूले पेनाल्टी पाउनुपथ्र्यो । जहाँ, सर्जियो अगुएरोले फाउल गरेका थिए । तर, रेफ्रीले त्यसो गरेनन् ।’
खेलको ७१औं मिनेटमा रोबर्टो फिर्मिन्होले दोस्रो गोल गरेका थिए । ब्राजिलका ग्राबियल जेससले गोल अगाडि बढाउँदै गर्दा अगुएरोले जेससलाई धक्का दिएका थिए । तर, जेससले बल नियन्त्रण गर्दै फिर्मिन्होलाई पास दिए । र, फिर्मिन्होले त्यसलाई दोस्रो गोलमा परिणत गरे ।
‘तर, रेफ्रीले त्यहाँ भीएआरको सहयोग लिनुपथ्र्यो,’ मेस्सीले भनेका छन्, ‘रेफ्रीले त्यहाँ गल्ती गरे । उनीहरूले त्यहँ भीएआर चेक गरेनन्, त्यो अविश्वसनीय भो । उनीहरूले खेल अबधिभरि ब्राजिलकै पक्षमा फैसला गरे । उनीहरूले हामीलाई विचलित गरिदिए ।’
‘रेफ्रीले हाम्रो पक्षमा फैसला गरेनन्,’ मेस्सीले थपे, ‘हामी त्यसको पुनःपरीक्षण पक्षमा थियौं । तर, कोपाले यसबारे विश्लेषण नै गरेन । मेरो विचारमा हामीले उत्कृष्ट खेलेका थियौं । हामी त्यहाँ शानदार प्रदर्शन गरेका थियौँ । तर, उनीहरूले हामीभन्दा राम्रो खेलेनन् ।’