birat ribon

ब्राजिलसँग पराजित हुँदा मेस्सीको आँखामा आँशु

Neuro
ब्राजिलसँग पराजित हुँदा मेस्सीको आँखामा आँशु

विराटनगर । कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिना सेमिफाइनलबाटै बाहिरिएपछि कप्तान लियाेनल मेस्सी मैदानमै राेएका छन् ।

cura insider

पहिलाे सेमिफाइनल खेलमा ब्राजिलसँग २–० गाेल अन्तरले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी मैदानमै राेएका हुन् ।

क्लब फुटबलमा सर्बाधिक सफल खेलाडी मेस्सीले अर्जेन्टिनाकाे राष्ट्रिय टाेलीकालागि कुनै उपाधि जित्नन सकेका छैनन् । राष्ट्रकालागि कुनै उपाधि जित्न नसकेका मेस्सी ब्राजिलमा जारी कोपा अमेरिकाको उपाधि जित्न चाहान्थे । उपाधि जित्ने उनीमा जाेस पनि थियाे । तर आक्रमक खेल्दा खेल्दै ब्राजिलसँग पराजित भएपछि उनको योजना असफल भयो । देशकालागि उपाधि लैजाने याेजना असफल भएपछि मेस्सी मैदानमै रोएका हुन् ।

घरेलु दर्शकको साथ पाएको ब्राजिल १२ वर्षपछि फाइनल प्रवेश गर्दा मेस्सीको उपाधि जित्ने योजना असफल बन्यो ।

ब्राजिलको जितमा रोबर्टो फिर्मिनो र ग्याब्रीएल जेससले गोल गरे । पहिलो हाफको १९ औं मिनेटमा जेससले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफ १–० ले अगाडी रहेको ब्राजिलले दोस्रो हाफमा थप एक गोल गरेको थियो । दोस्रो हाफको ७१ औं मिनेटमा जेससको पासमा रोबर्टो फिर्मिनोले गोल गर्दै अग्रता दोब्बर बनाए । थप समयमा गाेल हुन नसक्दा अर्जेन्टिना २–० ले पराजित भयाे ।

jackson ribon